जीवन कथा – अभियान

२०७५ बैशाख २ गते, आईतवार

प्रत्येक मानिसहरूको आ–आफ्नो तिता–मिठा अनुभवहरू हुन्छन्, सफता र असफलताकका पलहरू छुट्टाछुट्टै प्रकार हुन्छन्, विचार, सिद्धान्त अनि जीवन जिउने शैली पनि फरक–फरक परिवेशका हुन्छ । तर, मेरो बुझाईमा जीवन एउटा यात्रा हो । धनी र पुँजीपतिहरूको यात्रा सुगममार्गमा हुने गर्छ भने गरिब सर्वहारावर्ग तथा क्रान्तिकारीहरूको जीवनयात्रा कयौँ उकाली–उराली, आरोह–अवरोह, घुम्ती, मोड तथा जिकज्याक रणहरूको बीचमा हुने गर्दछ । जीवनको जन्म र मृत्यको बीचमा विभिन्न चरणहरूलार्ई सामना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । त्यस्तै मेरो जीवन कथा भित्र रहेका संघर्षमा चरणहरूलार्ई संक्षिप्त ढंगले यसरी पस्कने जमर्को गर्दछु ।
१. बाल्यकाल र दश वर्षे जनयुद्ध
म आपूmलार्ई रक्षकुमार राई भनेर कसैले बोलाउनुभन्दा ‘अभियान’ भनेर सबैले बोलाएको मनराउँछु किनकि हजारौँ सहिदहरूको रगतले सहितको नाम हो अभियान जन्म वि.स. २०४६–०७–०९ गते तेम्के मैयुम गाउँपालिका– २ भोजपुर जिल्लामा माता चन्द्रदेवी राई र पिता रामबहादुर राईबाट भएको रहेछ । फेरि पहिला त मेरो गाउँलार्ई छिनामखु भनेर चिन्ने गरिन्थ्यो । घरको नजिक जंगल त्यही पनि मेरो आफ्नोे बा शिकारी र बाले भरुवा बन्दुक चलाएको देख्दा मलार्ई पनि मेसिनगन चलाउने कता–कता कौतुहल जागिरहन्थ्यो । म त्यसबेला पाँच छ वर्षको थिए होला । घरमा म र कान्छी बहिनी मात्रै थियो अचानक मैले घरको धुरी माथि बारुलाको गोला देखेँ । बाँसको घर परालले छाएको धुरीमा ठूलो बारुलोको गोला यसै त साना उमेर त्यही माथि काइलो राईको कान्छो पुड्को छोरा राको सल्काएर बारीका काँल्लामा माथि चढेर बारुलाको गोला काड्ने भनेर आगो सल्काएको धेरै पो पूरा सल्काई पठाएछु आज यो धुँवासेले घर के गरी परबाट काँधमा बन्दुक बोकेर अतालिँदै बा आउनु भयो । सानोमा मेरो बाको प्यारो मलार्ई बोलाउने नाम रे धुवासे र दाइ र दिदी घाँस काट्नु जानु भएको थियो भने आमा खेतला अनि गाउँलेहरू फात्तफुत्त आइरहेको थियो घरमा भएको सबै डढेर खरानी ।
वि.स २०५९–११–१५ गते एसएलसी परीक्षाको तयारी भनेर कोचिङ पढ्न घरबाट हिडेको रक्ष कुमार बाको प्यारो धुवासे छोरा जनमुक्ति सनाको फमेशन भित्र क. अभियान बन्न पुगेछु । सायद लडाई विचारको थियो अनि परिवर्तन जनताको त्यसैले होला सानै उमेर भए तापनि डर भन्ने शब्द मुटुको कुनै कुनामा अटाउन सकेन् । पूर्वीय कमाण्डको मोर्चा बन्दी लडाइको र पहिलो ऐतिहासिक आक्रमण धारापानी, बन्द्रीपुर, मिचैया र चोहर्वा वि.स. २०६२–०१–२६ गते बन्दीपुर मोर्चाबन्दी लडाई मेरो पहिलो अनुभव थियो ।
नेपाली जनयुद्धको तीन चरणहरू रक्षा, सन्तुलन र रणनैतिक प्रत्याक्रमणअन्र्तगत यस अवस्थामा हामी अन्तिम चरण जुन रणनैतिक प्रत्याक्रमण चरणमा प्रगी सकेका थियौँ । एकातिर शाही सत्ता थर्कमान अवस्थामा थियो भने अर्कातिर बारे योद्धा भनौँ या दश वर्षे जनयुद्धले एक पछि अर्को साहसिक अनि ऐतिहासिक सफलताहरू हात परिरहेको थियो । वि.सं. २०६२।०३।०८ गते भोजपुर पाँच धारे भिडन्त जहाँ शाही सत्ताको भरोते सेनाहरूलार्ई पूर्ण रूपमा घुँडा टेक्न बाध्य पारेर सम्पूर्ण हातहतियार कब्जा गर्न सफल जहाँ हाम्रो जनमुक्ति सेनाका दश योद्धाहरूले शाहदत प्राप्त गर्न भएको थियो । त्यसैले आज त्यस ठाँउलार्ई दश तारे भनेर चिनिन्छ । जुन मेरो दोस्रो लडाईको सहभागिता थियो ।
त्यस दिनको मलार्ई स्मरण गर्न र गराउन मन लाग्छ । जुन दिन घोडेतार आक्रमण २०६५ माघ ८ गते भएको थियो । मेरो अगाडि क. जमिन बटालियन कमान्डर वर्ग दुश्मनको गोली लागेर ढल्नु भएको भने मलार्ई पनि दुश्मनको गोली घुँडामा लागेको अनि बमको धमाकाले रक्तम्य शरीर भुइँमा लडेको अवस्था । क. जमिन शाहदत प्राप्त गर्नु अगाडिको घटना उहाँ तारबारको घेरा तोडेर आपँैm सेन्ट्रिपोस्ट नजिक पुगेर बीरता प्रदर्शन गरिरहनु भएको थियो भने हामी उहाँको पछाडि माथि उकाली रहेको थियौँ । उहाँको टाउकोमा व्एःन् को गोली लागेर अचानक उहाँ ढल्नु भयो त्यहि समय म पनि घाइते हुन पुगेको छु ।
क. अनमोल सायद अहिले उहाँ रोजगारको शिलशिला बाहिर हुनुहुन्छ त्यस बेला उहाँ विरामी सप्लायर्स टोलिमा हुनुहुन्थ्यो उहाको एउटा शब्द अभै याद आउँछ क. अभियान पनि घाइते हुनुभएछ । हुनसक्छ नेपाली जनयुद्ध कै अन्तिम मोर्चाबन्दी लडाई सर्लाहीको मलङ्वा आक्रमण यो लडाई आपैmमा ऐतिहासिक छ किनकि यस लडाईमा नै अमेरिकाले दिएको लडाकु विमान खसेको थियो, यस ठाउँमा आक्रमण गर्छ भन्ने शाही सत्ता पक्षलार्ई सयमा एक प्रतिशत समेत विश्वास नभएको स्थान थियो भने यसै लडाई पश्चात देशमा शान्ति सम्झौताहरू भए जसको कारण आज देश गणतन्त्रमय मात्रै नभई संघीयतातिर धकेली रहेको छ । जुन मलङ्वा आक्रमणमा मैले पनि बीरता प्रर्दशन गर्ने अवसर प्राप्त गरेको थिए जहा (१०) दश वटा हतियार खोस्न सफल भएको थिए । दश वर्षे जनयुद्धको कुरा गरिरहँदा सर्वप्रथमतमा ती हजारांै ज्ञात–अज्ञात बीर शदिहरलार्ई नसम्झिहरन सक्दिन । सलाम गर्न चाहन्छु ।
२. जीवनको उपलब्धि
क्रान्तिकारीहरू जहिले पनि सिद्धान्त र विचारले अगाडि बढ्छ भने संघर्षबाट प्राप्त उपलब्धिहरूलार्ई संस्थागत गर्दै अगाडि बढ्ने गर्छन् । आज मैले खुलेर भन्न सक्छु कि मलार्ई नेपाली क्रान्तिले साहस दिएको छ जुन साहसले आज म आफुलार्ई यी कुराहरूले परिचित छु । पूर्व, लडाकु, फिल्मी कलाकार, पुस्तक लेखक, कराते प्रशिक्षक तथा राष्ट्रिय रेफ्री ।
३. वर्तमान योजना अर्थात् तयारी
सर्वप्रथमतया सफलताको पछाडि इच्छाशक्ति, शाहीयोजना, उचित समयको सदुपयोग, निरन्तरता र क्रान्तिकारी साहस नै हुन् । क्रान्तिकारीहरू सधैँ परिवर्तनशील र गतिशील हुन्छन् भन्ने कुरामा कसैको पनि दुईमत नहोला त्यसैले आज म एउटा क्रान्तिकारी भएको नाताले पनि संसार जित्ने साहस गरेको छु । जुन कुराले सारा नेपालीको नाम विश्व सामु चिनाउन चाहन्छु । आज मैले स्कुटीको साहसिक यात्रा एकै समयमा भोकै पानी समेत नपुइकन २७०० किमि काठमाडौँबाट सोलुखुम्वु हुँदै पूर्व–मेची पश्चिम महाकाली फेरि काठमाडौँसम्म तीन दिन भित्र पूरा गर्ने साहस गरेको हुँ । हुन त विश्व कीर्तिमान आफँैमा महान कार्य हो यो अति धेरै मुर्खले कि विद्वान् र साहसिकले मात्रा गिनिज बुकको पानामा अफ्नो नाम लेखाउन सफल हुन्छ । ज्ष्नज च्ष्कज, ज्ष्नज क्उभभम र ज्ष्नज म्ष्कतबलअभ लार्ई लिएर आज यस विश्व कीर्तिमानको मजा लगभग ६० प्रतिशत कार्य पुरा भइसकेको छ । स्वदेश तथा विदेशमा रहनु भएको नेपाली दाजुभाइ तथा दिदीवहिनीहरूले आर्थिक सहयोगहरू प्रदान र गरिरहनु भएको छ भने होण्डा कम्पनी र पुर्व नेपाल कृषि प्रमुख आदरणीय मदन राईज्यूले पनि थप सहयोग गर्नुहुने भएको छ ।
४. राज्यसत्ता
नेपाल सरकारले हामी जन्मेदेखि मृत्युसम्म विभिन्न बहानामा कर असुली गरेर शासकहरू आफ्नो सपना पूरा गर्ने र जनताको चाहना अधुरो राख्ने काम अझै पनि परिवर्तन हुन सकेको छैन, हिजो दश वर्षे जनयुद्ध अगाडि पनि थुपै्र क्रान्तिकारी आन्दोलनहरू भए सरकार परिवर्तनहरू भए तर जनताको जनस्तरमा आमूल परिवर्तन हुन सकेन अझै पनि क्रान्तिकारी धारले अर्कोतिर परिवर्तनको आवाजहरू वुलन्द गरिरहेको छ । पक्कै पनि जवसम्म मानव जातिको अस्तित्व हुन्छ तवसम्म जनताहरूलार्ई परिवर्तनको आवश्यकता अनुकूल भइरहनेछ । परिवर्तनकारी र यथास्थितिवादी शक्तिहरूवीच सघर्षहरू भइरहेने छ । परिवर्तन सर्वहारावर्गहरूको चाहना मात्र नभएर समयको माग हुनेछ ।
५. समस्या
जो क्रान्तिकारी एक योद्ध्रा आमूल परिवर्तनको खातिर वर्गदुश्मनको वंकरमा कुनै आफ्नो अमूल्य जीवनको प्रवाह नगरिकन साहस प्रदर्शन गर्छ अर्थात् वीरगति प्राप्त गर्छ उनै महान् योद्ध्रालार्ई दुस्साहसी भनिन्छ । जति पनि आजसम्म २१ नेपालीहरूले विश्व कीर्तिमान कायम गरेर गिनिज वुकको पानामा नाम लेखाएका छन् । उनीहरूले आफ्नो प्रयास र मेहनतबाट नै हुन् भन्न खोजेको कुरा के हो भने कुनै एक व्यक्तिको कारण सिंगो देशको नाम विश्वमा परिचित हुन्छ भने यस्तो कार्यको लागि पनि सरकारी बजेटहरू जसरी अरु क्षेत्रमा छुटिन्छ । त्यस्तै यस्तो कार्यहरूमा पनि छुटिनु पर्छ र विभिन्न सम्वन्धित सरकारी निकायहरूले ध्यान दिनुपर्ने आवश्यकता छ ।
अर्कोतिर जवसम्म क्रान्तिकारी योद्धाहरूको योग्यताअनुसारको जिम्मेवारी र सही कार्यको मूल्याङकन हुन सक्दैन । तवसम्म महान् सहिदहरूले देखाएको बाटो पूरा हुन सक्दैन । क्रान्तिमा पलायनवादीको समस्याहरू जीवित भइरहने गर्दछ ।

प्रतिक्रियाहरु