जिवनको स्वाद- सुमन सिंह

२०७६ असार २२ गते, आईतवार

सत्य यहि हो साथी
एक दिन त मर्नै छ सबैले
दुनियां छोडेर धेरै पर जानू छ
त्यो दिन……
अहिले श्वास लिंदै गरेपछिको
अर्को सेकेन्ड पनि हुन सक्छ
अर्को दिन, महिना या बर्स पनि हुन सक्छ
फेरिपनी स्विकार्य सत्य यहि हो साथी
एक दिन त मर्नै छ…..
भौतिक शरीर छोड्नुनै छ

तिमि कांप्छौ
डरांउछौ, आतिन्छौ, तिल्मिलाउंछौ
बर्बराउंछौं
असिन पसिन भएर हड्बडाउछौं
हार गुहार गर्छौ, दुनियाँ संग पाउ पर्छौ
रुन्छौ, चिच्याउंछौ, बहुलाउंछौ
शाश्वत अनि अकाट्य सत्य
मृत्यु
तिम्रो अगाडि उभिंदा
तिमी हल्चलांउछौं
लड्खडाउछौं अनि जीवन माग्छौ

किन कि तिमीलाई लोभ छ
तिमि लोभि छौ
तिम्रा मोहहरु छन
त्यसैले मृत्यु देखि
तिमी पर पर भाग्छौ
तिम्रा लोभहरु, मोहहरु
तिमिलाइ जिवित राख्न प्रयत्न गर्छन
तर, स्विकार्य सत्य यहि हो साथी
एक दिन त दुंनिया छोड्नुनै छ
भौतिक शरीर छोड्नुनै छ…

दुंनियाभरिका विभेद
आफ्नै वरिपरिका अत्यचार
गला निचोरेर जबर्जस्ति थोपरिएका
अन्यायहरु…
भोको पेट र नाङ्गो आंङ्ग
झुपडी र फुटपाथ गल्लिहरु
कमसेकम लोभबिहिन छन
मोह बिहिन छन
मात्र, त्यंहा मुक्तिको अभिलासा छ
अधिकारको चाहाना छ
बिना लोभ र लालचमा
आफ्नै कर्म निभाइरहेकाहरुको भिडमा
मृत्युलाइ सरल लिइएको छ
सहज बुझिएको छ
त्यांहा सहज छ मृत्यु
अनि स्विकार्ने मनहरु
र भनिन्छन त्यंहाबाट , एकदिन त मर्नै छ
भौतिक शरीर छोडेर जानै छ…

सत्य स्विकार्ने हिम्मत चाहिन्छ
तिम्रा लोभ, जाल झेल र मोह
धेरै कायर छन जो कांपिरहेका छन
मृत्यु संग जिवनको भिक मागेर
भिकारी जस्तो बांचेका छौ तिमी
तिमि सत्यको सामना गर्न सक्दैनौ

हेर ! जहाँ लोभ छैन
जसलाइ आफ्नु भन्नू केही छैन
उसलाइ सत्यको सामना गर्न
कुनै हिच्किचाहट छैन
आफ्नो आगाडी उभिएको सत्य
सामना गर्न तयार छ
सहर्स जीवन दान गर्दैछ
जिवनको भिक मागेको छैन

महान त त्यो हो
जसले दुनियालाइ केही दिएर गयो
जिवनको सत्यलाइ स्विकार्दै
एक निमेष नडग्मगाइ
बिभेदको खाडल पुर्न
संखध्वनि लगाइरह्यो

सत्य यहि हो साथी
एक दिन त मर्नै छ

त्यसैले बिभेदहरु बिरुद्ध
पुल्ठो बाल्नु पर्छ
अत्यचार बिरुद्ध मुट्ठी कस्नु पर्छ
दमन बिरुद्ध प्रतिरोध गर्नु पर्छ
मृत्युको सत्य पक्षलाई स्विकार्नु पर्छ
त्यंही छ जिवनको स्वाद
त्यंही छ जिवनको खुसी अनि आनन्द

प्रतिक्रियाहरु