जिप्रका दैलेख हिरासत बस्दाको अनुभुति – दुर्गाबहादुर सिंजापति

२०७४ माघ २१ गते, आईतवार

कुरा २०७४ मंसिर ६ गतेको हो । विहानको करिब ८ बजेतिर म राकम कर्णालीबजार आफ्नो घरदेखि ५ सय मिटर टाढा जनचेतना विधा मन्दिरको आँगनमा दाइको पसलमा चिया पिउँदै गर्दा तीन नयाँ अनुहार देखिए । तीनैजना मलाई नै घेरा हाले जसको वरीपरी ३ जना नयाँ अनुहार देखिए अनि मैले भरत बोहोराको घुम्ती पसलमा गएर नयाँ मान्छे को हुनुहुन्छ भनेर सोद्धा मैले चिनेको छैन भन्ने अभिव्यक्ति आउना साथ एकजना मेरो आसपासमा आएर उभियो अनि मैले सरको घर कता होला भनेर सोद्धा अलि माथि हो भन्दै तपाईं को नि भनेर सोद्धा मैले आफ्नो स्पष्ट परिचय खुल्ने गरी परिचय बताए अनि उहाँले ए दुर्गा सिजापति सर भन्दै टाउको हल्लाउनु भयो अनि २ सेकेन्ड कुरा नगर्दै उता चोकमा डि.एस.पी साथ हुनुहुन्छ । तपाईसंग केही कुरा गर्नु छ भन्दै म तपाईंलाई पछि यही ठाउँमा लिएर छाडिदिन्छु सर भनी मलाई झुक्याएर आपूmतिर लैजान खोज्दा मैले बुझे सर जाने कुरामा कुनै दुई मत छैन एक छिन, प्र.का. जाउन त्यतैबाट जाम्ला भन्दे दुर्गा हैन तपाईं विश्वास गर्नुहोस् म चाडै तपाईंलाई उहीनेर छोडिदिन्छु भनेर जर्वजस्त भाउजु म गए भन्दै अलि अगाडि वढ्दा सेतो गाडीमा सशस्त्र राखी मलाई सशस्त्रको वीचमा राखी भयाबहका साथ मलाई गाडीमा फोन गर्न नदिइ पालेतडा चौकीमा छोडी गाडी पुनः रिटर्न भयो । उक्त चौकीमा बसी केही समय घाम तापे अनि पिसाब गरी बस्दा पल्लोपट्टि होटेलबाट २ वटा चिसो रोटी र चनाको तरकारी ल्याएर राख्दा भरखर जरो आएर टाइफाइ भई निको हुन लागेको अवस्थामा मेरो स्वास्थ्य अवस्था त्यति मजबुत थिएन तथापि मेरो बिचार रही कार्यदिशामा मजबुत थियो । ठीक छ जि.प्र.का. दैलेख जान पर्ने कुरा मनमा ढुक्क भयो त्यसपछि पालतडा पुलिसले छोड्यो र त्यो चौकीमा इन्चार्ज मैले चिनेको हुुनुहुन्थ्यो उहाँ झसङग हँुदै दुर्गा सर कता भनेर चकित हुुनुभयो र बसौँ भन्नुभयो केही सान्त्वनासम्म दिनु भयो । अनि खबर आदानप्रदान गरी त्यहाँवाट पुलिसको साथमा माथिल्लो दुर्गेश्वर चौकीमा आउने क्रममा राकम पुलिस महत सर भेटिनु भयो हाम्रै टेम्पोमा चढी माथिल्लो दुङ्गेश्वर चौकीमा पुगियो एकछिन बस्दै गर्दा हामीलाई लिएर आउने टेम्पो ड्राइभरले भाडाको कुरा पुलिसलाई राख्दा कति हो भनेर सोध्दा १००० (एक हजार) सबै पुलिस चकित हुँदै एक हजार भन्दै आखिर निष्कलंकित हृदय भएको त्यो ड्राइभर अनि पुलिसले मतिर भाडाको कुरा राख्दा मेरो खल्ती रित्तो थियो । एक जना पुलिसले भाडा त दिन प¥यो भन्दा मैले भने सर मेरो पाकेटमा एउटा मोवाइलबाहेक अरु केही छैन भन्दा पथ्थरको जस्तो मन भएका लोभीपापीहरुले मेरो मोवाइल नै राखे । मोवाइल छोड्नु मेरो वाध्यता थियो, म समय परिस्थितिको दास भएको थिएँ । मोवाइल छोडे अनि त्यो चौकीले मेरो हातमा हतकडी हालेर चुर्पा चौकीमा छोड्यो र चुर्पा चौकीदेखि मलाई जि.प्र.का. दैलेख हिरासतमा राखियो । उक्त हिरासतको अवस्था अनुभव भयो अनि मनमा वादल आयो अनि प्रश्न सोधेँ आफैँलाई केको लागि यो देशमा मौलिँदै गरेको अन्याय, अत्याचार, भ्रष्ट दलाल माफियाहरुको अन्त्यष्टि गरी यो देशका इमान्दार बफादार सर्वहारा वर्गको मुक्तिको ढोका खोल्नलाई हाम्रो पार्टी (नेकपा) ले ल्याएको कार्यदिशा सही र सत्य भएको कुरा सर्वविदितै छ । तथापि अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको पिछलगु यो सरकारले स्थानीय चुनाव र २०७४÷८÷१० र २१ गते प्रदेश र केन्द्रको चुनाव गरेर विस्तारवाद र साम्राज्यवालाई टेवा पुगाउने आत्मसर्मपणवादीहरुले यो राष्ट्रको भलो चाहने प्रगतिशील पार्टी (नेकपा) का नेता तथा कार्यकर्तालाई जेल भित्र थुनि जर्वजस्ती चुनाव लाद्ने जुन राष्ट्र र जनताको हित विपरीत चुनाब गराइयो यसको घोर आपत्ति जनाउँदै एकीकृत जनक्रान्तिको कार्यदिशामा अघी बढी वैज्ञानिक समाजवादको स्थापना गरौँ भन्ने मूल नाराका साथ सच्चा देशभक्त, इमान्दार दाजुभाइ तथा दिदीबहिनीहरु मानवअधिकार पत्रकार, बुद्धिजीवि, शिक्षक, विद्यार्थी देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीवहिनी र बाझो खेतमा काम गरी खाने किसान, मजदुर, गरिव, अपाङ्ग, अशाय, महिला, दलित प्रत्यक पार्टीका इमान्दार व्यक्तित्व नेकपाको एउटै छातामुनि रहेर आमूल परिवर्तन तथा नयाँ नेपाल निर्माण गर्न कहीँ कतै कन्जुस्याइँ नगरिकन अगाडि बढ्न सकौँ । आम नागरिकको भलो गरौँ यो समाजले हामीबाट ठूलो आशा गरेको छ । आशालाई निरासामा नबद्लौँ । बीर भनेर चिनिने हामी नेपाली ? सगरमाथाको चुचुरो झै शिर अग्लो पार्न र झुक्न नदिन संघर्ष तथा क्रान्ति गर्नु हाम्रो कर्तव्य हो । त्यसअर्थ जेल भनेको मन्दिर हतकडी भनेको गहना हो भन्दै ०७४÷०८÷६ गते ठीक ८ः०० बजेतिर खाना खान भनी खाना आयो । आखिर त्यो खाना खान मन के नै लाग्थ्यो र तर पनि थालीमा हात राखेर बाल्टीमा फालियो । सुत्न खोज्दा निद्रा पनि लागेन मभन्दा अघिल्लो जि.प्र.का. आएको भाइ नकेन्द्र सिंजापती पल्लो कोठामा सुतिराखेको म एक्लै पातलो कम्बलमा चिसोको बेला निद्रा आएन । जीवन संर्घष हो भनी आत्मसात गरी अघि वढे र कष्ट पूर्ण तरिकाले त्यो रात काटियो, त्यो कष्ट थियो, केवल एकीकृत जनक्रान्तिको लागी सोच्दै विहान सबेरै उठे करिव ५ः०० बजेको थियो । होला ड्यूटिवाला पुलिससंग ढोका खोल्न लगाएर म ट्वाइलेट गएर आइसकेपछि डि.एन. सर उहाँ पुलिसको हाकीम हुनुहुदोरहेछ उहाँले भन्नुभयो दिउसो सोधपुछ गरी तपाईं निस्कनुहुन्छ । भन्दा हुरुक्कै भएर म खुसी भए नभन्दै एक घण्टा पछि निस्किँदा मुद्दा फाँटमा बोलाएर पक्राउ पुर्जी हातमा दिएर सर तपाई चुनावपछि मात्रै निस्किनुहुन्छ भन्दै मैले केही कुरा राख्दा राज्यको नीति नै यस्तो छ, सर माथिको आदेश भनेर मलाई पुनः हिरासत मै छाड्यो । मेरो बाध्यता थियो, वैज्ञानिक समाजवादबाट राष्ट्र निर्माण गर्न जस्तोसुकै विषम परिस्थितिको सामना गर्न र दुःख कष्ट धैर्य सहनशीलता क्रान्तिले निर्देशित गरेको बाटो थियो । जसको लक्ष्य उद्देश्य प्राप्तिको लागि यो जेल कुनै अनौठो थिएन, लोकतन्त्रलाई कमजोर बनाउन जुन यो राष्ट्रका नागरिकलाई जेलमा थुनेर यो सरकारले जुन चुनाव गरायो, यसको परिणाम एक दिन इतिहासले वताउनेछ भन्ने महसुश गर्दै जेल भित्रका क्रमशः दिनहरु वित्दै गए । मसँग साथमा माथिल्लो डुगेश्वरको ललित थापा भाइ र रवि बस्नेत भाइहरु थिए । उनीहरु साह्रै मिजासिला स्वभावका थिए अनि एकआपसमा गफहरु हाँसो ठट्टा बेग्लै हुन्थ्यो । ती सद्भाविला भाइहरुको हिरासत संगतले हाम्रो क्रान्तिलाई सवल र बलियो नै बनाउँथ्यो । सकारात्मक सोचका ती युवा भाइहरुलाई मैले राजतीनिक चेतना अभिवृद्धि गर्दै भोलिका दिनहरुमा आपूmहरुले पनि साथ दिन सक्ने इच्छा प्रकट गर्दै विभिन्न पत्रपत्रिका कितावहरु पढ्दै दिनचर्या बित्थ्यो । लाग्थ्यो खुल्ला आकाश अनि धर्तीमा हुर्केकाको जीवन वन्दी जेलमा पर्दाको स्थिति कस्तो हुन्थ्यो होला । घर परिवारको चिन्ता अझ मलाई जन्मदिने बुढो ममी रुँदै बसेकी छन् भनेर सुन्दा मनमा साह्रै चिन्ता बोध हुन्थ्यो तर फर्केर हेर्दा पार्टीको कार्यदिशा, सही दृष्टिकोण सही बिचार, सही कार्यदिशा, सही क्रान्ति सही संघर्षलाई सम्झिदा सबै सबै पीडाहरु हराएर जान्थे । जुन यो राज्यले सेतो परेवा पाउनका लागि कालो कौवालाई मारेको छ । नितान्त पनि यसको परिणाम असत्य नै आउने छ । भन्ने विश्वासका साथ मनमा क्रान्तिप्रति सकारात्मक सोच, सही दृष्टिकोण राखी मन रित्तिएको वेला पत्र पत्रिका किताब पढी मनलाई सान्त्वना दिने काम गरिन्थ्यो । भनिन्छ संसार बदल्न सुरु आफैँबाट हुन पनि हो । राष्ट्रिय हितको लागि जस्तोसुकै समस्या झेल्नु परे पनि पछि नहटी असफलता नै सफलताको प्रतिक हो । सफल व्यक्तिहरु असफलताको भुमरीमा फसेर नै सफलता प्राप्त गर्दछन् यो इतिहासले पुष्टि गरेको कुरा हो । त्यस अर्थ आज म यो हिरासत भित्र नयाँ मोडमा जीवनलाई धारिलो हतियार बनाउँदै आइपर्नै बाधा व्यावधान र चुनौतिको सामना गर्दै जीवनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु । र, मेरो साथमा हिरासत भित्र लामो समयसम्म सँगै बस्ने, संगै उठ्ने, संगै खाने, संगै गफ गर्ने निस्वार्थ स्वभाव विचारप्रति उच्च दृढता वास्तविक सही राजनीतिक विचार बोकेको सहकर्मी मित्रहरु भाइ नकेन्द्र सिजापती, पदमबहादुर नेपाली शिक्षक र सवारी साधन केशमा फसेका दाजु महेश भण्डारी, भाइ रवि बस्नेत यति ५ जना दाजु भाई मिलेर बस्थे ।
१. नकेन्द्र सिजापति भाई, लोकराज कार्कीको बाइकमा राकम कर्णाली बजार आउँदै गर्दा ०७४÷८÷४ गते दिउसो ठिक २ः०० बजे आ.न.पा. ७ जुम्ला रोड पैन्ट ईलाका प्रहरी कार्यलय राकम कर्णालीदेखि जि.प्र.का. दैलेखको हिरासतमा प्रहरीमार्फत अगाडि बढाइयो ।
२– शिक्षक पदमा बहादुर नेपाली मिति २०७४÷८÷ १२ गते साझ ठिक ७ः०० बजेतिर गुरासे गाउँपालिका वडा नं. ५ स्थित कृष्ण आधारभूत विद्यालयमा पढाइरहेको तेस्रो घण्टीमा बाहिर बोलाएर पिएसँग भेटघाट बाहाना गरेर जि.प्र.का. दैलेख हिरासत ल्याउने दिनमै एकजा पुलिसले तपाईको कमरेड आज थपिने सम्भावना छ भन्दा मलाई शंका लागेको थियो न भन्दै पदम सर आइपुग्नुभयो । हिरासतको ढोकाबाट मैलेदेखि हाँसेर भने पदम सर हजुर भन्दै उहाँ गारद कक्षमा छिर्नुभो र आफ्नो पाकेटको समान इन्ट्री गरी हिरासत कक्ष जहाँ हामी थियौँ, प्रवेश गर्नुभयो । त्यसपछी सर आतिँदै आफ्नो बारेमा बताउनु भयो । पुनः हाम्रो विषयमा बुझ विस्तार गरी हिरासतको विषयमा बुझ्नु भयो ।
३. महेश भण्डारी उहाँ दु.न.पा. ८ हाँल बागमति – काठमाडौँ बस्दै आउनु भएको रैछ दशैको बेलामा गाडी लिएर आफ्नो जन्मभुमि पहाड दैलेख आउनु भएको केही समय गाडी चलाउँदै गर्दा दुल्लु डाडीमाडी सडकअन्तर्गत मोडमा ८५ बर्षिय बुढी आमा उहाँको आफ्नो नाता पर्ने हुनुहुदोरहेछ । विडम्वना झिसमिसे साझ कच्ची सडकको धुलो, घुम्ती मोड त्यसैमा आफ्नै मान्छे अनि आफैले चलाएको गाडीले मान्छे हानि मार्दा त मनभरि वाढी आएर अर्धचेतन अवस्थामा पुगी मनलाई थाम्नै नसकी आफैँले आफैलाई सिस्नुको झार भित्र प्रवेश गरी भौतिक शरीरलाई कष्ट दिए, रातभरि सिस्नो घारी भित्र वित्यो, विहान पुलिश खोज्दै आए मैले हात दिए अनि दुल्लु इ.प्र.का. ल्याई दैलेख जि.प्र.का. अड्डा सार गरी हिरासत भित्र थुनाए, उक्त हिरासत भित्रको कष्ट बेहोर्नु मेरो वाध्यता थियो भन्दै दिन गिन्ती गर्दै एक महिना पछि ठुलो धनराशी खर्च गरी तारिखमा घर छोड्यो । यसरी हामी एक आपसको दुःख कष्ट वेहोर्दै अन्तत एकिकृत जनक्रान्तिको पक्षधर बनी नेकपाले निर्देशित गरेको लक्ष्य उद्देश्य पुरा गर्ने बाचाका साथ हाम्रो समिक्षा हुन्थो ।
त्यसैले यो राज्यले देशैभरी हाम्रा नेता तथा कार्यकर्ताको अशल बिचार माथी दमन गरी पक्राउ गरेको छ । उक्त दमनको घोर आपत्ती जनाउँदै मेरा शुभचिन्तक मित्रहरुलाई भेटघाट गर्न नदिई एकजना जनमोर्चाको नेता झविराज खत्रीले फेसबुकमा राजनीतिक आस्थाको हिसावले पक्राउ गर्नु हुँदैन भनी लेख्दा उहाँको घरमा पुलिस पुगेर उहाँलाई थर्काइएको रहेछ, सो कुरा म हिरासतदेखि बाहिर आएर जानकारी पाएँ । २७ दिनको हिरासत वसाइ पछि मंसिर २४ गते तारिखमा रिहाइ भइयो । अन्तमा हिरासतमा मलाई भेटेर वा नभेटेर सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद ।

प्रतिक्रियाहरु