जापानका सम्राट नरुहितोको राज्याभिषेक हुँदै

२०७६ कार्तिक ५ गते, मंगलवार

काठमाडौँ , ५ कार्तिक । जापानका सम्राट नरुहितोको आज राज्याभिषेक कार्यक्रम हुँदैछ । राज्याभिषेक कार्यक्रममा १ सय ९० वटा देश तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने जापान सरकारले जनाएको छ । जापानका ५९ सम्राट नरुहिताको शासन मे १ बाटै शुरु भएपनि यो विश्वलाई नयाँ सम्राटको शासन शुरु भयो भने औपचारिक जानकारी दिने कार्यक्रम हो । जसमा राज्याभिषेक, भोजको आयोजना गरिने छ । तर जापानमा हगिबिस समुद्री आँधीको कारण ८० जनाका मृत्यु भएपछि राज्याभिषेक परेडको आयोजना भने पछि सारिएको छ । सो कार्यक्रम नोभेम्बर १० का लागि सारिएको छ । राज्याभिषेकका अवसरमा जापानमा विभिन्न अपराधमा पक्राउ गरेका ५ लाख कैदीलाई माफी दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु