जानकी महोत्सव मनाइदैं

२०७६ बैशाख ३० गते, सोमबार

काठमाडौं, ३० वैशाख । सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम आयोजना गरिएको छ ।
रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँदा पादुर्भाव भएर जन्म भएको सीताको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ । परापूर्वकालदेखि नै सीताको जन्मदेखि न्वारनसम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउन थालिएको जानकी महोत्सव पहिले औपचारिकतामा सीमित भए पनि विगत दुई वर्षदेखि भव्यता दिन थालिएको सहमहन्त रामरोशन दास वैष्णवको भनाइ छ ।
जानकी मन्दिरले १५ दिवसीय जानकी नवमी महामहोत्सव मनाउँदै आएकोमा प्रदेश सरकारले जानकी नवमीको अवसरमा शुभकामना दिँदै आज सार्वजनिक बिदा समेत दिएका छ । वैशाख २२ गतेदेखि मनाइँदै आएको जानकी महोत्सवमा जेठ ४ गतेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रियाहरु