जानकी नवमी मनाइदै

काठमाडौं, ११ वैशाख । आज मंगलबार जानकी नवमी, मिथिला क्षेत्रमा उत्सवका साथ् मनाइँदैछ । वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी उत्पति भएको दिनको खुसीमा यो पर्व मनाउने चलन छ । पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण मठको जानकी महोत्सवमा सहभागी छन् ।
मिथिलामा अनिकाल पर्दा राजा जनकले हलो जोतेको र हलो जोत्नेक्रममा पुनौरामा सीता उत्पति भएको मानिन्छ । जानकी नवमी पर्वमा धार्मिक प्रवचन, रामायण वाचन, सीता जन्मसम्बन्धी लघुनाटक प्रदर्शन, रात्रि कीर्तनलगायतका कार्यक्रम गरिँदैछ । प्रदेश सरकारले जानकी नवमीका अवसरमा सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>