जसले अचानोमा राखेर २२ महिने छोरालाई बनाइन् दुई टुक्रा !

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौं, १४ जेठ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापा आमा कति क्रुर बन्न सक्छिन् भन्ने उदाहरण बनेकी छन्। उनले खुकुरीले रेटेर आफ्नै २२ महिने छोराको हत्या गरेकी छन् । प्रहरीका अनुसार उनले २२ महिने छोरा सम्बोधन थापालाई अचानोमा राखेर दुई टुक्रा बनाएकी हो । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिरहेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु