जमिन र पानी दुवै ठाउमा अवतरण गर्ने सकिने विमान !

२०७४ पुष १० गते, सोमबार

काठमाडौँ, १० पुस। विकासमा नयाँ नयाँ चमात्कारिक गर्दै आएको चीनले अर्को चमत्कार गरेको छ । चीनले जमीन र पानी दुवैमा अवतरण गर्न सक्ने संसारकै ठूलो विमानको उडान सफलतापूर्वक पूरा गरेको छ । चिनियाँ संचारमाध्यमका अनुसार बोइङ ७३७ को आकारको उक्त एजी ६०० विमानमा चारवटा ‘टर्बोप्रप’ इन्जिन छन् । विमानले ५० यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उड्न सक्ने बताइएको छ ।
अमेरिका लगायतका देशहरु नयाँ चमत्कारबाट डराएपनि चीनले यो विमानको प्रयोग आगलागी नियन्त्रण तथा सामुद्रिक दुर्घटनाहरुमा उद्धारका लागि प्रयोग हुने बताइएको छ । तर, चीनले अमेरिकाले आँखा गाडेको साउथ चाइना सी क्षेत्रमा तैनाथ गर्ने बताइएको छ । ‘कुनलोङ्’ नाम दिइएको उक्त विमान सो क्षेत्रमा चीनले आफ्नो भाग भनी दावी गरेको सबैभन्दा दक्षिणी कुनासम्म पुग्न सक्छ ।
सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त विमानलाई समुद्र र द्वीपहरुको ‘संरक्षक’का रुपमा चित्रण गरेको छ ।
दक्षिणी प्रान्त ग्वाङडोङबाट विमानले उडान भरेको सरकारी टेलिभिजनमा प्रत्यक्ष देखाइएको थियो । फर्कदाँ उक्त विमानलाई सैनिक धुनसँगै मानिसहरुले झण्डा हल्लाएर स्वागत गरेका थिए । विमान बनाउन आठ वर्ष लगाइएको थियो । त्यसले साढे ५३ टनसम्मको भार लिएर उड्न सक्नेछ । विमानको पखेटाको एउटा कुनाबाट अर्कोसम्मको दूरी करिब ३९ मिटर अर्थात् १२७ फिट छ । अर्बपति होवार्ड ह्युजको प्रख्यात उड्ने डुंगा त्योभन्दा ठूलो भएपनि विमान यो नै पहिलो हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु