जन्म नदेऊ – देबी काफ्ले

२०७५ भाद्र १८ गते, सोमबार

भो अामा मलाई जन्मै नदेऊ
भो बाबा मलाई धर्तिमै नलेऊ
अामा तिम्रो कोखमा प्रवेश गर्छु
छोरी हुनाले समय अगावै झर्छु।
भो अामा मलाई जन्मै नदेऊ
मलाई निर्मला बनाउंछन्।।
जन्मिन पाईहाले पनि दाईभाइको दांजोमा
परम्पराको कठघरामा उभिनु पर्छ
मलाई संस्कारको हथ्कडी लगाईन्छ
सुरक्षा नामको जेलमा बन्दी जीवन बिताउनु पर्छ।
भो अामा मलाई जन्मै नदेऊ
मलाई निर्मला बनाउंछन्।।

तोते बोली बोल्दै टुकुटुकु ताते गर्दै थिएं
पल्तिरको कंशले बाजका नंग्रा फिंजायो
मेरो फक्रन नपाएको पालुवा चुटुक्क चुंडिदियो
रोएं कराएं म त निरीह खरायो बाघको पन्जामा थिएं।।
भो अामा मलाई जन्मै नदेऊ
मलानिर्मला बनाउछन्।

खेताला जांदा साहुको छोराको गिद्धे नजर सहन सकिन
पढ्न जांदा गुरुको पापी हात छेक्न सकिन
सुरक्षा माग्न जांदा पुलिसको पापी मन बुझ्नै सकिन
अाखिर म को हो बाबा ,म को हो??
भो अामा मलाई जन्मै नदेऊ
मलाई निर्मला बनाउछन्।

म कसको भरोसा गरु?म कसको बिस्वाश परु??
अामा मेरो परिचय पापीहरुको यौन तृष्णा मेटाउनेभांडो हो??
च्याप्प समाउछ मुख थुन्छ मलाई चिथोर्छ अामा
कोपर्छ लुछेर भताभुंग पारी दिन्छ च्यातिदिन्छ
म यो पिडा कसरी सहुं अामा ???
भो अामा मलाई जन्मै नदेऊ
मलाई निर्मला बनाउछन्।

मलाई झन ठूलो पीडा हुन्छ अामा
जब मलाई बेश्याको संज्ञा दिइन्छ
उसले पाप गर्छ दोषि मलाई बनाइन्छ
अनि मलाई चरित्र हिनताको पगरी गुथाइन्छ।

भो अामा मलाई जन्मै नदेऊ
मलाई निर्मला बनाउछन्।

अामा यो देशको न्याय मरिसक्यो न्याय माग्न नजाउ है
एउटा भाईको ज्यान लिए अब दिदिहरु नाङ्गै बनाए
लाठी बर्साए सारा म जस्ता कोपिला तर्साए
अामा नजाउ है न्याय माग्न।।।

भो अामा मलाई जन्मै नदेऊ
मलाई निर्मला बनाउछन्।

अामा यो देशको न्याय जब ब्यूतन्छ तब मात्रै म अाउने छु
ितम्रो कोखमा जब मानवता जाग्ने छ तब अाउने छु तिम्रो कोखमा।
जब पापीहरुलाई मृत्युुदण्ड दिइन् तब अाउने छु तिम्रो कोखमा।
अनि त कोहि निर्मला बन्नु पर्ने छैन ,कोहि निर्मला बन्नु पर्ने छैन।।।

प्रतिक्रियाहरु