जनयुद्धको कार्यभार पुरा गरेरै छोड्ने उदघोष

२०७४ फाल्गुन १ गते, मंगलवार

काठमाण्डौ , १ फागुन । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन् । नेकपा र क्रान्तिकारी माओवादीले काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम अायोजना गरि संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र हुदै गएको ठोकुवा गरेका छन । बैद्यले यस जटिल स्थितिमा माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिंदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेको बताउदै यसै उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै तेइसौं जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने बताएका छन । बैद्यले यस स्थितिमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर संयुक्तरुपमा सङ्घर्षका कार्यक्रमलाई थप व्यवस्थित गरी अगाडि बढाउनका लागि वामपन्थी, प्रगतिशील, जनतान्त्रिक तथा देशभक्त शक्तिहरुसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणको निम्ति शीघ्र पहल गर्ने बताए । साथै उनले यी बिषयमा तत्काल कार्यगत एकता गरी संयुक्त संघर्षलाई अगाडि बढाउने र निकट भबिस्यमा क्रान्तिकारी कम्युनिस्टहरु बीच पार्टी एकता गरि जनयुद्धको बाकि कार्यभार पुरा गरेरै छोड्ने पर्न गरे ।
कार्यक्रममा माओबादी र एमालेबीच एकता हुने भएपछि माओबादी केन्द्रबाट बिद्रोह गरेर बसेका नेताहरु सहभागी भएका छन् । कार्यक्रममा माओबादीका नेताहरु लोकेन्द्र बिष्ट मगर , गोपाल किराती र बिश्वभक्त दुलाल ‘आहुति ‘ सहभागी भएका थिए

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु