जनकपुर महोत्सव सुरु

२०७४ माघ २८ गते, आईतवार

काठमाडौं, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ को आयोजनामा प्रदेशस्तरीय व्यापार मेला तथा जनकपुर महोत्सव सुरु भएको छ । जनकपुरधाममा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरको तिरहुतिया गाछीमा सो महोत्सव आयोजना गरिएको हो । प्रमुख अतिथी गैर आवासीय संघका संस्थापक अध्यक्षक डा.उपेन्द्र महतोले महोत्सव उद्घाटन गर्दै जनताले चाहेमा प्रदेश नम्बर २ देशकै उत्कृष्ट बन्ने बताए । महोत्सव फागुन १२ गतेसम्म चल्ने छ । महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी उत्पादनका कृषि, पर्यटन, कला संस्कृतिसँगसम्बन्धित वस्तुको विक्री वितरणका लागि १ सय ७० वटा स्टल राखिएको छ ।

प्रतिक्रियाहरु