काठमाडौं, २० असार । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ प्रवृत्ति निकै मौलाउँदै गएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभिन्न पृष्ठभूमिका व्यक्तिहरु प्रवेश गर्ने लर्को लागिरहेको सन्दर्भमा उनले सो कुरा बताएका हुन् । उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यतिबेला जता काफल पाक्यो, उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ । डनहरु, व्यापारीहरु, क्रान्तिबाट थाकेकाहरु सत्ताधारी पार्टी पसेर रस चुस्न होडबाजी गर्दैछन् ।’ उनले आफ्नो पार्टीका केही नेतासमेत सत्तारुढ पार्टीमा प्रवेश गर्न लागेको संकेत गर्दै लेखेका छन्, ‘सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसँग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् । भलो होस् ।’
अन्तर्बार्ता

जनपक्षीय कार्यबाट अत्तालिएर गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो – चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी
० हालै तपाईं गिरफ्तार परेर छुट्नुभएकोे छ,के कारणले गिरफ्तार पर्नुभएको थियो ? हाम्रो संगठनको मुख्य अगुवाईमा नेपालका ११ विद्यार्थी संगठनले विगत एक वर्षदेखि- ...
थप पढ्नुहोस्बिज्ञापन
Connect to Facebook
Add Banner