छिमेकी पुरुषसँग बोल्दा गुप्ताङमा तेजाव

२०७० असार १२ गते, बुधबार

राजविराज, १२ असार- छिमेकी पुरुषसँग बोलेकामा पत्नीलाई चारित्रिक लाञ्छना लगाउँदै कुटपिट गर्ने कृष्णबहादुर विश्वकर्माले सुतिरहेका बेला पत्नीको गुप्ताङमा तेजाब हालेर फरार भएका छन् । पतिले तेजाब हालेर घाइते भएकी बकधुवा गाविस–७ महुलीकी ३० वर्षीया बद्रीमाया विश्वकर्र्मा हिजो सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छन् । सख्त घाइते बद्रीमायाको उपचारका लागि स्थानीय महिलाले पाँच हजार चन्दा सङ्कलन गरी युनिक अस्पतालमा भर्ना गरिदिएको र सो अस्पतालले सिफारिस गरेपछि मङ्गलबार अपराह्न अञ्चल अस्पताल भर्ना गरेको महिला अधिकारकर्मी बकधुवा गाविस–९ की कुसुम आचार्यले बताइन् । जेठी पत्नीले छाडेपछि कृष्णबहादुरले १३ वर्ष अघि बद्रीमायासँग बिहे गरेका थिए । बद्रीमायातर्फ ११ वर्षकी छोरी र पाँच वर्षको छोरा छन् । घटनाका बारेमा महुली प्रहरी चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार