छिन्ताङ काण्डमा मारिएकालाई शहीद घोषणा

काठमाडौं, २८ पुस । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन पञ्चायत व्यवस्थाको समयमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बहानामा प्रहरीले गोली चलाउँदा १६ जना मारिएका थिए । सूर्यबहादुर थापा प्रधानमन्त्री रहेका बेला उक्त हत्याकाण्ड मच्चाइएको थियो । यसैगरी सरकारले लाइफ स्टक कार्यक्रमका लागि विश्व बैंकबाट आठ अर्ब सहयोग स्वीकार्ने निर्णय पनि गरेको छ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निर्णय भने आज पनि भएन । प्रदेश प्रमुख र अस्थायी मुकाम बारे छलफल भएपनि नतोकिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । यस्तै, नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गरिएको छ । उनलाई यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति पनि दिइएको छ ।
यसैगरी प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती र पदस्थापन गर्ने निर्णय पनि गरिएको छ । महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै पदस्थापन गरिएको छ भने पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>