छायाँछवि काव्य श्रृंखला आयोजना

काठमाडौं, १७ पुस । छायाछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनका अनुसार आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने छ । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेस्रो संस्करणमा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिने भएका छन् । उक्त अवसरमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्माका करिब दुई दर्जन कविता र गजल वाचन हुने भएको छ । करिब साढे दुई दशक भन्दा अघिदेखि साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि वसन्त प्रकाशले कार्यक्रममा कविता वाचन गर्ने छन् ।
त्यस्तै गजलमा आफूलाई अब्बल रुपमा उभ्याउन सफल शान्ति शर्माले उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी गजल वाचन गर्ने छिन् । कविता र गजल वाचनको शैलीलाई पछ्याउने क्रममा चलचित्र, गीतसंगीतमा क्रियाशील रहँदै आएको संस्था छायाँछविले अब साहित्यको क्षेत्रमा चालेको यो अभियानबाट साहित्यको क्षेत्रमा क्रियाशिल रहि यसै क्षेत्रको विकाशमा केहि न केही भए पनि योगदान पुग्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>