चुलाचुली गाउँपालिकामा बम विस्फोट

२०७५ बैशाख २ गते, आईतवार

काठमाडौं, २ वैशाख । इलामको चुलाचुली गाउँपालिकामा प्रेसर कुकर बम विस्फोट भएको छ । गाउँपालिकाको नवनिर्मित भवन लक्षित गरी गएराति बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
भवनको बैठक कोठामा बम विस्फोट भएको थियो । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको तर भवनका नौ वटा झ्याल र एउटा ढोकामा क्षति पुगेको बताइएको छ । घटना कसले गराएको हो भन्नेबारे अझै नखुलेको प्रहरीको भनाइ छ । विस्फोटबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु