चिनियाँ इन्टरनेट भित्राइदै

२०७४ कार्तिक १५ गते, बुधबार

काठमाडौं, १५ कात्तिक । अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यवसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रबक्ता सोभन अधिकारीले बताए ।
नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनुपर्नेछ । यही स्विकृतीका लागि टेलिकमले पत्राचार गरेको हो । रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो । रि रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कार्तिकको तेस्रो सातासम्ममा व्यवसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार