चाल्र्स डार्विन,पढाइमा भन्दा कीरा फट्याङ्ग्रा तर्फ रुचि राख्दथे – मिलन आफन्त

२०७६ श्रावण ३२ गते, शनिबार

विश्व प्रसिद्ध वैज्ञानिकः चाल्र्स डार्विनको जन्म सन् १८०९ मा इङ्गल्याण्डको शुजवरी भन्ने ठाउमा भएको थियो । उनको पिता डाक्टर थिए भने उनी ८ वर्षको हुदा उनको आमा परलोक भएकी थिइन । ८ वर्षको उमेरदेखि मातृवात्सल्यबाट विमुख भएका चाल्र्स डार्विनको रेखदेख उनकै सबैभन्दा ठूलि दिदीले गरेकी थिइन् । चाल्र्स डार्विनका पिताले उनलाई डाक्टर बनाउन चाहन्थे तर उनको ध्यान भने जीव र वनस्पति तर्फ बढी थियो । उनले बाल्यकालमा नै आफ्नै घरमा एउटा प्रयोगशाला बनाएका थिए । बालककाल देखि नै उनलाई कीरा, फट्याङग्रा र अनेक किसिमका खनिज जम्मा गर्ने उनको ठुलो शौख थियो । उनी रसायनशास्त्रको सरल प्रयोग पनि गर्ने गर्दथे । स्कुलमा पढ्दा पनि उनी पढाइमा भन्दा कीरा फट्याङ्ग्रा तर्फ रुचि राख्दथे । आफ्नो छोराको कृयाकलापबाट डार्विनका पिता चिन्तित हुने गर्दथे ।
चाल्र्स डार्विनलाई आर्युविज्ञान अध्ययनको लागि एडिनबरा विश्वविद्यालयमा पठाइयो । जुन समयमा उनी मात्र १६ वर्षका थिए । उनी अत्यन्तै संवेदनशील स्वभावका हुनाले चिकित्सा शास्त्र प्रति उनी लिन हुन सकेनन् । त्यस समयमा बेहोस पार्ने औषधी नभएकोले मानिसको अप्रेसन निर्दयीतापुर्वक गर्नु पर्दथ्यो, जसबाट उनी अत्यन्तै डराउने गर्दथे । जसको फलस्वरुप अन्ततः उनले आर्युविज्ञानको अध्ययनमा सफलता पाउन सकेनन् । सन् १८२८ मा उनलाई एडिनबरा विश्व विद्यालय छाडेर आध्यात्म शास्त्र अध्ययनको लागि क्याम्ब्रिज विश्वविद्यालय पठाइयो । क्याम्ब्रिज विश्वविद्यालयमा पढ्दा पनि यिनी आध्यात्म शास्त्रभन्दा भ्रुण ९द्यभभतभिक० जम्मा गर्न पट्टि लागे र उनले आफ्नो विषयमा डिग्री हासिल गरे । डिग्री हासिल गर्ने समयसम्म उनले विश्वविद्यालयमा वनस्पति शास्त्र र भुगर्वशास्त्रमा धेरै वैज्ञानिकहरु उनका प्रियपात्र बनिसकेका थिए ।
चाल्र्स डार्विन सन् १८३१ मा एउटा सनौलो मौका पाए । क्याप्टेन फिजरोयको रेखदेख र नेतृत्वमा इङ्ग्ल्याण्डको बीगल नामको समुन्द्री जहाज सन् १८३१ मा नै संसारको वैज्ञानिक यात्रामा जानु परेको थियो, जसमा एउटा प्रकृति वैज्ञानिकको पनि आवश्यकता थियो । त्यस प्रकृति वैज्ञानिकको ठाउँमा उनका साथीहरुले चाल्र्स डार्विनको नाम सिफारिस गरे । जस्को परिणाम स्वरुप उनी पाँच वर्ष लामो वैज्ञानिक यात्रामा दक्षिण अमेरिका, न्यूजिल्याण्ड, अष्टे«लिया र अन्य राष्ट्रको भ्रमण गरे । त्यस समयमा उनी जम्मा २२ वर्षका थिए । वैज्ञानिक यात्राको क्रममा डार्विनले विश्वका विभिन्न जीवजन्तुहरुको अध्ययन गर्ने मौका पाए, जसबाट विकासवादको सिद्धान्त पत्ता लगाउन उनलाई सजिलो भयो ।
चाल्र्स डार्विन व्रिटेनको प्रकृति वैज्ञानिक थिए । उनले जीवको क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए । उनी भन्दा महिला यो विश्वास गरिन्थ्यो कि पृथ्वीमा अलग–अलग जीवहरुको उत्पत्ति अलग–अलग रुपमा भएको थियो र त्यो रुपबाट केही पनि परिवर्तन भएका थिएनन् । उनले यो धारणालाई गलत सिद्ध गरे र आफ्नो अध्ययनको आधारमा यो सिद्ध गरेकी सबै जीवजन्तुहरुको आजको रुप कुनै एउटा सरल प्रणीबाट भएको हो, जुन करोडौँ वर्ष पहिला पृथ्वीमा जन्मेको थियो । त्यही प्रणीबाट सबै बोटविरुवा र जन्तुहरुको उत्पति भयो र एक क्रमिक विकास अन्तर्गत आजको यो रुप धारण गरेको हो ।
चाल्र्स डार्विनले सन् १८३९ मा एम्माबेजबुड नामकी महिलासँग विवाह गरेका थिए । उनका १९ वटा बच्चाहरु जन्मे भने ७ वटा मात्र जीवित रहे । उनका ४ छोराहरु उच्च श्रेणीका वैज्ञानिक थिए भने ३ जना छोराहरु रोयल सोसायटी अफ लण्डनका फेलो नियुक्त भए । २० वर्षको अथक मेहनतबाट सन् १८५८ मा चाल्र्स डार्विनले अल्फ्रेड रसेल बेलेससँग मिलेर संयुक्त सोध पत्र निकालेका थिए । १८५९ मा उनको प्रसिद्ध पुस्तक “द ओरिजन अफ स्पेशीज वाई नेचुरल सेलेक्सन” प्रकाशित भयो । जुन छाप्ने बित्तिकै सबै बिक्री भयो । उनले १८६८ मा “द बेरियेशन अफ एनियल्स एण्ड प्लाण्टस् अंडर डोमेष्टिकेशन” प्रकाशित गरे जसमा उनले जीवको विकासबारे आफ्नो वैज्ञानिक धारणा प्रस्तुत गरेका छन्् । उनले अन्य प्रसिद्ध वैज्ञानिक कृतिहरुमा “इन्सेक्टी बारे अन्तलाट्स” “डिसेंट अफ म्यान” पर्दछ । जीवको विकास कसरी भयो भन्ने विषयमा सबैभन्दा पहिले वैज्ञानिक ढंगबाट प्रष्ट पार्न वैज्ञानिक चाल्र्स डार्विन नै हुन् । आफ्नो कठोर अध्ययन, अनुसन्धनानबाट मानिसको विकास वनमानिस (एक प्रकारको बाँदरबाट) भएको थियो भनेर ठोकुवा गर्ने वैज्ञानिक पनि चाल्र्स डार्विन नै हुन् ।
यस्ता महान वैज्ञानिक पनि सन् १९ अप्रिल १८८२ देखि हाम्रो सामु रहेनन् । ७४ वर्षको पाको उमेरमा विभिन्न वैज्ञानिक मान्यताहरु दिएर चाल्र्स डार्विन सदा सदाको लागि विदा भए । उनलाई न्यूटनको समाधि नजिक वेस्ट मिनिस्टर ऐवमा गाडियो । महान् वैज्ञानिकःचाल्र्स डार्विन हाम्रो माझ हुनुहुन्न तर आफ्नो वैज्ञानिकीत्वले उहाँ सदा सर्वदा वैज्ञानिक संसारमा चम्किरहनु हुने कुरामा कुनै शंका छैन। विश्व प्रसिद्ध महान् वैज्ञानिक चाल्र्स डार्विन सदा सदाको लागि अमर हुनु भएको छ भन्दा अत्युक्ति नहोला ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार