चमेरे गुफा ओझेलमा

काठमाडौं, ५ साउन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा रहेको चमेरे गुफा प्रचार–प्रसार र संरक्षणको अभावमा परेको छ । चमेराले भरिएको उक्त गुफाको संरक्षण र प्रचार–प्रसारमा कसैले चासो नदिएकाले ओझेलमा पर्दै गएको स्थानीयले बताएका छन् । अमटार बस्ती नजिकै रहेको उक्त गुफामा हजारौं चमेरा रहन्छन् । पहिले आन्तरिक पर्यटक हेर्न पुगेपनि अहिले त्यहाँ पुग्ने बाटो साँघुरो र अप्ठ्यारो बन्दै गएकाले जान छाडेको स्थानीय श्याम तामाङले बताए । यो गुफामा सयौँ वर्षदेखि चमेरा बस्दै आएको स्थानीयले बताएका छन् । दुर्लभ हुँदै गएको चमेरा संरक्षणका लागि स्थानीयले माग पनि गरेका छन् । स्तनधारी जीव चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिले पनि निकै उपयोगी मानिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>