‘ चक्रबातको असर नेपालमा पर्दैन’

काठमाडौं,१७ कात्तिक । जल तथा माैसम पूर्वानुमान महाशाखाले “माहा“ नामकरण गरिएको अर्को शक्तिशाली चक्रबात अरब सागरको दक्षिण–पूर्वि भागमा विकसित भइरहेको जनाएको छ । यो प्रणालि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेको र तत्कालै यस प्रणालीको प्रभाव नेपालमा नपर्ने जनाएको छ ।
यसैगरी , महाशाखाले देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटफुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मशाशाखाले पुर्वानुमान गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>