घुस्याहा इन्जिनियर पक्राउ

काठमाडौं ,२४ असार । जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजयकुमार ठाकुर घुस सहित पक्राउ परेका छन् । विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चाच अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने प्रायोजनको लागि सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा ठाकुरलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई ४५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्राविधिक कार्यालयको कार्यालय परिसरबाटै पक्राउ परेका ठाकुरबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>