घाइते मुटुहरुको संग्रहालय !

काठमाडाैं, २६ असार । चीनको २५ वर्षिया लियु यान नामकी युवतीले अनौठो संग्रहालय खोलेकी छन्, जसको नाम घाइते मुटुहरुको संग्राहलय राखिएको छ । ति युवतीले म्युजियम अफ ब्रोकन रिलेसनशीप अर्थात् टुटेको सम्बन्धको संग्राहलय खोलेकी छन् । यो संग्राहलयमा प्रेमी प्रेमिकाहरुसँग सम्बन्धित अनौठा सरसामानहरु राखिएको छ । हेइलोंगजियांग प्रान्तस्थित हार्बिन सहरमा रहेको यो संग्राहलय खुलेको २ हप्तामै १५ हजार भन्दा धेरैले भ्रमण गरिसकेका छन् । यो म्युजियममा प्रेमजोडीहरुले प्रेम सम्बन्ध टुटिसकेपछि पनि जिवनभर चिनोको रुपमा राखेका सामानहरु छन् । यो म्युजियम खोल्नुअघि लियु यानले सोसल मिडियामार्फत एक पोष्ट गर्दै मानिसहरुसँग आफ्नो ब्रेकअपसँग सम्बन्धित सामानहरु आफुलाई दिनका लागि अपिल गरेकी थिइन् । त्यसपछि दुनियाभरबाट ५० भन्दा धेरैले उनलाई १ सय भन्दा धेरै सामानहरु प्रदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>