घरमै बसेर लोकसेवाको तयारी !

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौं, २८ कात्तिक । शिक्षक तुल्सीराम ढकालले लोकसोवा पढ्ने विद्यार्थीका लागि आईक्यूका नयाँ नयाँ टिप्सहरु सार्बजनिक गरेका छन । उनले इन्टरनेटमा सामान्य ज्ञान र आईक्यू सम्बन्धी पढाएकै भिडीयो राखेर लोकसेवाका विद्यार्थीलाई सहयोग गरीरहेका छन । विभिन्न संस्थामा आबद्ध भएर लोकसेवा कक्षा समेत पढाउँदै आएका ढकालले दिएको आईक्यू टिप्सले घरमै बसेर लोकसेवाको तयारी गर्नेको लागि बरदान साबित भएको छ ।
गुल्मीमा जन्मेर राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीहरूमा अध्ययन गराइरहेका ढकालले पछिल्लो समय युटुब मार्फत लोकसेवा तयारी गर्ने विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् । उनले आफ्नै नामको एउटा युटुब च्यानल बनाएर त्यसमा लोकसेवामा आवश्यक हुने भिडियोहरु अपलोड गर्दै आएका छन् । घरमै बसेर पनि लोकसेवाका पश्न समाधान गर्न सकिने गरी उनी भिडियो निर्माण गरी युटुबमा राख्ने गरेका छन् । हालसम्म उनले लोकसेवाका आअइक्यू प्रश्न समाधानसँग सम्बन्धित १०६ वटा भिडियो राखिसकेका छन् । ढकाल स्कुल कलेज तथा विभिन्न इन्स्टिच्युटहरुमा बैङ्किङ, तथा लोकसेवा आइक्यूहरु पढाउँदै आएका छन् ।
केही समय पहिले तुलसीराम ढकाल आफ्नो कामको सिलसिलामा पाल्पा पुगेका रहेछन् । पाल्पा गएर एउटा चिया पसलमा बसीरहेका उनले दुई महिलाले आपसमा कुराकानी गरेको सुनेछन् । महिलाहरुको लोकसेवा पढ्ने इच्छा तर क्लास लिन समय नहुने पैसा पनि नहुने । उनलाई लाग्यो, घरमै बसीबसी लोकसेवा पढ्न सकिने कुनै प्रविधि ल्याउन सके कत्ति सजिलो हुन्थ्यो होला । उनकी श्रीमतीले उनलाई आइक्यूका केहि प्रश्नहरु सोध्ने गर्थिन् । उनी त्यसको उत्तर तत्काल दिने गर्थे । यसैक्रममा उनलाई श्रीमतीले नै काम गर्न प्रेरीत गरीन् । उनी भन्ने गर्थिन्, ‘तपाईसँग यति धेरै क्षमता छ तर आफ्नो क्षमता हुँदा पनि किन काम गर्नुहुन्न । श्रीमतीबाट धेरै हौसला प्राप्त भएपछि उनले अनलाइनमार्फत् आइक्यूका कक्षाहरू सञ्चालन गर्ने विचार गरे । श्रीमतीको हौसलाको कारण नै उनी यस कार्य गर्न सुरु गरेको बताउँछन् ।
यसका साथै उनका सहकर्मी सुरेश सिवाकोटीबाट पनि धेरै हौसला प्राप्त भएको उनी बताउँछन् । उनीसँग क्षमता भएकाले उनले काम गर्न सक्ने भन्दै उनी पनि ढकाललाई बारम्बार प्रेरित गरीरहन्थे ।
यसैक्रममा उनले काम गर्ने निधो गरे । पहिलो भिडियो उनले ०७३ सालको पुस १५ मा २ मिनेटको भिडियो राखेका थिए । उनी आफ्नो कोठामा भएको बोर्डमा आफै आइक्यूका प्रश्नको समाधान गर्छन् । नजिकै स्ट्याण्डमा मोबाइल राखि भिडियो खिच्छन् । अनी सुरु गर्छन् आफ्नो काम । पछि त्यहि भिडियोलाई आफैले सम्पादन गरेर युटुबमा अपलोड गर्छन् । उनलाई कोहि सहयोगी चाहिँदैन सबै काम आफै पुरा गर्छन् ।
सुरुमा ३०–४० भिडियो निर्माण गर्नको लागी भने उनलाई श्रीमतीले सहयोग गरेकी थिइन् । श्रीमतीले भिडियो खिच्थिन्, आफु आइक्यूका प्रश्न समाधान गर्नतर्फ लाग्थे । तर पछि उनी स्ट्याण्डको सहयोगमा सबै कार्य आफै गर्न लागे । सबै लोकसेवा पढ्न चाहाने विद्यार्थी क्लास जान नसक्न सक्छ । पैसाको अभाव, अनी समयको अभावको कारणले गर्दा लोकसेवा पढ्ने इच्छा हुँदाहुँदै पनि पछुताएकालाई इच्छा मार्नुपर्ने हुन्छ । विद्यार्थी क्लाससम्म गएतापनि शिक्षकले पढाएको नबुझिन सक्छ । एकपटक पढेको कुरा झुल्न सकिन्छ । यस्तो अवस्थामा आफुले बनाएको भिडियोले विद्यार्थीलाई सहयोग गर्ने उनको दाबी छ ।
‘घरमै बसेर आइक्यू सिक्न सकिने, न त पैसाको खर्च नत समयको खर्च, एकपटक नबुझे वा झुलेमा फेरी हेर्न सकिने यस प्रविधिले धेरैलाई सहयोग गर्छ’, उनी भन्छन्, ‘घरमा काम गर्दै पनि केहि कुरा सिक्न सकिन्छ ।’ गाउँमा बसेर शहरसम्म पढ्न जान नपाउने विद्यार्थीलाई लक्षित गरी भिडियो निर्माण गरेको उनी बताउँछन् । आफुले निर्माण गरेका भिडियोहरु सरल खालको, गाहृो प्रश्नको पनि सजिलो र छोटो तरीकाले समाधान गरीएको उनको दाबी छ । एउटै च्यानलबाट धेरै कुराको ज्ञान पाउन सकिने उनी बताउँछन् ।
शिक्षक तुल्सीराम ढकालले लोकसोवा पढ्ने विद्यार्थीका लागि तयार पारेको टिप्सहरु हेर्नको लागि यो लिंक खोल्नुहोस –
https://www.youtube.com/channel/UCG-t0kpHBCH9f6WQkZX9_qQ

प्रतिक्रियाहरु