घरजग्गा किनबेचमा अर्बौं राजस्व छली

काठमाडौं, २२ कात्तिक । सरकारले अनलाईनमार्फत घरजगा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ ।
भूमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाईनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौं राजस्व छली हुँदै आएको खुलेको हो ।
मुलुकभरका घरजग्गाका कारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाईनमार्फत निगारानी गरिएपछि एकै बर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ । यो तथ्यांकले विगतमा मालपोतका कर्मचारी, घरजग्गा दलाल र लेखापढी व्यवसायीलगायतको मिलेमतोमा अर्बौं राजस्व छली हुँदै आएको देखाएको हो । – नागरिक दैनिकबाट

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>