ग्यास उद्योगमा अनुगमन

काठमाडौं, २१ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले आजबाट ग्यास उद्योगहरुको अनुगमन गर्ने भएको छ । विभागले ग्यास उद्योगहरु मापदण्ड पूरा गर्न उदासीन देखिएपछि अनुगमन गर्न लागेको हो । विभागले अनुगमन बारे दिँदै मापदण्ड मिचेको उद्योग बन्द गर्ने चेतावनी दिएको छ । ‘गुणस्तर चिहृन नलिने उद्योगमाथि अब कारवाही अघि बढाइनेछ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने ।
विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिहृन लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर, एक वर्ष बितिसक्दा पनि आग्रह पालना नगरेपछि कडा रुपमा प्रस्तुत हुन बाध्य भएको विभागको भनाइ छ । विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टलेमात्र गुणस्तर चिहृन लिएका छन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् । गुणस्तर चिहृन लिने उद्योगमा मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>