‘गोरे’सहित तीन जनालाई काठमाडौं ल्याइयो

काठमाडौं, २८ जेठ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त गोरे भनिने चुडामणी उप्रेती ‘गोरे’सहित तीन जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । मोरङ कारागारबाट गोरेसहित, छिरिङ वाङ्गेल घले र भुजुङ गुरुङलाई मोरङबाट काठमाडौ ल्याईएको हो । उनीहरुलाई केन्द्रीय कारागार पठाइएको छ । उनीहरुलाई सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ । ३३ किलो सुन र सनम हत्याको छानबिन गर्न बनेको समितिले उनीहरुको सम्पत्ति छानबिन गर्न सुझाव दिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीहरूलाई काठमाडौं झिकाएको हो । जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि विराटनगरबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>