गुम्बामा भीषण आगलागी

काठमाडौं, ६ फागुन । तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी भएको छ । ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको हो । विभिन्न अनलाइनमा आएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिन्छ । प्यागोडा शैलीको विहारमा आगलागी भएको हो । चीनको सरकारी सञ्चारमाध्यमले शनिबार अबेर विहारमा आगलागी भएको र लगत्तै नियन्त्रणमा लिइएको जनाएको छ । घटनामा कसैको ज्यान नगए पनि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
विश्वको छानोका रुपमा लिइने तिब्बतको एक हजार वर्षभन्दा पुरानो जोखाङ विहारलाई युनेस्कोले विश्वसम्पदा सूचिमा राखेको छ । चिनियाँ अधिकारीले आगलागीको भिडियो फुटेज तथा तस्वीरहरु अनलाइन तथा सामाजिक सञ्जालमा आउन नदिन ठूलो प्रयास गरेको दाबी पनि गरिएको छ । तिब्बती नागरिकले उनीहरुको नयाँ वर्ष ल्होसार बनाउने समयमै विहारमा आगो लागेको हो । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>