काठमाडौं, ३१ असार । गुण्डा नाइके राजेन्द्र लामा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन । बारम्बार रकम उठाएर हैरानी लगाएपछि प्रहरीलाई व्यापारीहरुले खबर दिएकाे अाधारमा लामालाई पक्राउ गरिएको बताइएको छ । काभ्रेको भीमखोरी स्थायी घर भएका लामालाई मंगलबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ । लामालाई थप अनुशन्धानका लागि उनलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ । अनुसन्धान पछि उनलाइ कानुनी कार्वाही गरिनेपनि प्रहरीले जनाएको छ । लामा ज्यान मार्ने उद्योगमा यसअघि पनि पक्राउ परेका थिए । पछिल्लो समयमा कोटेश्वर क्षेत्रका व्यापारीलाईलाई धम्की दिने, चन्दा संकलन गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।
अन्तर्बार्ता

जनपक्षीय कार्यबाट अत्तालिएर गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो – चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी
० हालै तपाईं गिरफ्तार परेर छुट्नुभएकोे छ,के कारणले गिरफ्तार पर्नुभएको थियो ? हाम्रो संगठनको मुख्य अगुवाईमा नेपालका ११ विद्यार्थी संगठनले विगत एक वर्षदेखि- ...
थप पढ्नुहोस्बिज्ञापन
Connect to Facebook
Add Banner