गहना खोज्ने जात्रा सम्पन्न

२०७६ बैशाख ८ गते, आईतवार

काठमाडौं, ८ बैशाख । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा शनिबार सम्पन्न भएको छ । यो जात्रा लिच्छवीकालदेखि शुरु भएको विश्वास छ । यस जात्रामा वैष्णवी टुंडाल देवीको मूर्तिलाई खटमा राखेर गहना पोखरीमा भित्र डुबाएर परिक्रमा गराइन्छ । पूर्णिमाका दिनबाट टुंडालदेवीको जात्रा शुरु हुन्छ । त्यसदिन भाटभटेनीको मूर्तिलाई पनि टुंडालदेवी लगिन्छ । त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ । कथा अनुसार आमा टुंडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् । त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा अनतर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको विश्वास छ ।

प्रतिक्रियाहरु