गलबन्दी विवाद टुंगियो

२०७६ असार ११ गते, बुधबार

काठमाडौं, ११ असार । गायक तथा सर्जकद्वय शम्भु राई र प्रकाश सपुतबीच ‘गलबन्दी’ लोकदोहोरी गीतबारे देखिएको विवाद टुंगिएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ । गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ । सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ ।

प्रतिक्रियाहरु