गर्मीले एक जनाको ज्यान लियो , दुई बेहोस

काठमाडौं , २८ जेठ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८, बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए ।
त्यसैगरी, ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धानखेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताए ।
बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. मनोज दासले बताए । आइतबार बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै सिकिलदेवी सदा मुसहर बेहोस भएकी थिइन् । सँगै धान रोप्दै गरेकी सासू सुनरदेवी सदा मुसहर र साथीहरुले उनलाई खेतको आलीमा राखेको र गाउँमा खबर पुर्‍याएर उनलाई उपचारका लागि लैजान खोज्दा उनको खेतनजिकै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही ठाउँमा मृतककी सासू सुनरदेवी सदा मुसहर र छिमेकी किसुनदेवी सदा मुसहर पनि बेहोस भएका थिए । – रासस

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>