खाल्डा पुर्न २५ करोड !

२०७४ कार्तिक २० गते, सोमबार

काठमाडौं, २० कात्तिक । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको छ । महानगरले २५ करोड रुपैयाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो । त्यसका लागि ठेक्का आह्वान गरिसकेको महानगरपालिकाले जनाएको छ । यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने महानगरको योजना छ ।
महानगरपालिकाले भित्री सडक फराकिलो बनाउन योजना पनि अघि बढाएको छ । महानगर मातहतका ८ मिटरभन्दा कम चौडाइ भएका झण्डै २३ किलोमिटर भित्री सडक विस्तार गर्न लागिएको हो । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु