खल्तीको मोवाइल सरकारको असली सुराकी-ओम हमाल

२०७६ असार २१ गते, शनिबार

एककाइसौं शताब्दी विज्ञानको युग हो । त्यसमा पनि यस युगको लडाई हतियारबन्द हुने छैन । अबको लडाईं भनेको सुचना–प्रविधिमार्फत हुने छ । यदि कोही मानिस आजको जमानामा आएर सूचना प्रविधिसँग अनविज्ञ भयो भने उसले समयसापेक्ष रुपमा आफ्नो जीवनलाई अघि बढाउन सक्दैन ।सरकारी कार्यालय कम्प्युटर प्रणालीमा परिणत जोडिंदैछन् । तर कतिपय कार्यालयमा कम्प्युटर नजानेको कर्मचारीहरु जागीर छाड्ने कि जारी राख्ने भन्ने विषयमा अलमलमा छन् । घरमा बाबु–आमा राम्रोसँग मोवाइल चलाउन जान्दैनन् । तर भर्खरका ५-७ वर्षका छोराछोरी मज्जाले मोवाइल चलाउँछन्, मोवाइलमा नै गेम खेल्छन् । मोवाइल बिग्रियो भने आफैं खोलेर बनाउन नसकेपनि मोवाइलमा आएको समस्याका बारेमा बताउँछन् । यो समय र परिस्थितिको उपज हो ।
सूचना प्रविधिको महत्वका बारेमा कुरा गर्दा खेरि यहाँ विकी लिक्स नामको वेभसाइटको चर्चा गर्नु अति आवश्यक हुन्छ । संसारमा आफूलाई बेताज बादशाह मान्ने शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकालाई त्यस विकी लिक्स नामको वेभसाइटले हायलकायल पारेको छ । त्यस वेभसाइटका सञ्चालक जुलियन असाञ्जले अमेरिकी सूचना प्रणालीमा साइवर आक्रमण गरेर अमेरिकाका करोडौं गोप्य सूचनाहरुलाई नियन्त्रणमा लिई आफ्नो वेभसाइटमा सार्वजनिक गरिदिएका थिए । जसले गर्दा अमेरिकी दादागिरीको सर्वत्र खुलासा भएपछि संयुक्त राज्य अमेरिका लज्जित हुनुपरेको थियो ।
आफ्नो देशका करोडौं गोप्य सूचना सार्वजनिक भएपछि लज्जित बनेको अमेरिकाले विकी लिक्सका सञ्चालक जुलियन असाञ्जलाई समाप्त गर्न विभिन्न प्रयासहरु गरिरहेको छ । तर सफल हुन सकेको छैन । असाञ्ज अहिले बेलायतमा छन् र उनी यौन दुव्र्यवहारको मुद्दा खेपिरहेका छन् । अमेरिका चाहन्छ असान्जलाई अमेरिका सुपुर्दगी गरियोस् र अमेरिकामा ल्याएर विभिन्न मुद्दा लगाउँदै उनलाई जेलमा सडाउन सकियोस् ।
साइवर आक्रमणबाट लज्जित बनेको संयुक्त राज्य अमेरिकाले फेरि उसलाई टक्कर दिने आणविक शक्तिले भरपुर मानिएको इरानलाई गएको महिना साइवर आक्रमण गरेर झुकाउने कोशिश गरेको छ ।
अहिले आएर शक्तिशाली राष्ट्रहरु आफ्नो सूचना प्रणालीमा साइवर आक्रमण नहोस् भनेर अरबौं रुपियाँ खर्च गरिरहेका छन् । त्यसो त नेपालको सूचना प्रणाली कमजोर मानिन्छ । त्यसमा पनि सरकारी निकायका दर्जनौं वेभसाइटहरु बेला बेलामा ह्याक भएको समाचारहरु सार्वजनिक हुने गरेका छन् । नेपालको सूचना प्रणाली जुनसुकै मानिसले कुनै पनि बेला नियन्त्रणमा लिन सक्ने आँकलन हुने गरेको छ । त्यो लज्जाष्पद विषय हो ।
नेपालमा सूचना प्रणालीलाई विद्युतीय माध्यमबाट व्यवस्थित गर्ने नाममा योग्य र दक्ष जनशक्तिको अभावमा तथा नेपाली शासकहरुको भ्रष्ट र दलाली प्रवृत्तिकाकारण हरेक नेपाली जनताको वैयक्तिक विवरण समेत विदेशी शक्तिको नियन्त्रणमा पुगेको छ । आफ्नो देशमा दक्ष जनशक्ति निर्माण नगर्ने तर कमिशनको लोभमा विदेशी कम्पनीहरुलाई सफ्टवेयर निर्माण गर्नदिने प्रवृित्तले हरेक नेपाली जनताको वैयक्तिक सूचना समेत विदेशीको हातमा पुगेका छन् । नेपाली नागरिकको पहिचान मानिएको नागरिकतालई विस्थापन गर्न राष्ट्रिय परिचयपत्र वितरण गर्ने नाममा, मतदाता परिचयपत्र दिने नाममा र विद्युतीय पासपोर्ट एमआरपी (Machine Readable Paasport)को नाममा हरेक नेपाली नागरिकका वैयक्तिक विवरण र औंठाछाप विदेशी कम्पनीहरुको कब्जामा पुगेको छ । विशेष गरी यस्तो काममा प्रयोग हुने सफ्टवेयर भारतीय कम्पनीहरुले तयार गरेका हुन्छन् । जसकाकारण सार्वभौम नेपाली जनताको वैयक्तिक विवरण र संसारमा दोस्रो व्यक्तिसँग नमिल्ने औंठा छाप विस्तारवादी भारतको पहुँचमा रहेको छ ।
यदि भारतविरोधी गतिविधि गरिरहेका र भारतले नरुचाएका नेपाली नागरिक भारतको जुनसुकै कुनामा पुगेपनि यिनै विद्युतीय सूचनाकाकारण कुनै पनि बेला गिरफ्तार हुनुक्ने सम्भावना रहन्छ । सर्वहारावर्गको लागि नेपालमा शुरु गरिएको एकीकृत जनक्रान्तिमा यसले थप चुनौती उत्पन्न हुनेछ । एमआरपी, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र नेपालमा चलेको एकीकृत जनक्रान्तिका लागि चुनौतीपूर्ण त छन् नै । वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि चलिरहेको यस जनक्रान्तिमा विद्युतीय सामाग्री उपभोग झन चुनौतीपूर्ण हुनेछ र भईरहेको छ पनि । नेपालीभूमिमा चलिरहेको एकीकृत जनक्रान्ति सफल पार्न जनसरकार, जनअदालत र जनसेना जत्तिकै साइवर सेनाको पनि त्यक्तिकै महत्व देखिन थालेको छ ।
एक्काइसौं शताब्दीमा हुने लडाईंमा बम, गोला, बारुद पड्काउने कुरा अलिक कम महत्वको हुनसक्छ । अब त दुश्मनको अखडामा विद्युतीय माध्यमबाट आक्रमण गर्नु नै अति उत्तम हुन्छ । यसको भूमिका पार्टीले गठन गर्ने साइवर सेनाले खेल्नेछ । यस्तो आक्रमणमा आफूतर्फ कम क्षति हुने सम्भावना रहन्छ ।
वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नका लागि भएको एकीकृत जनक्रान्तिमा साइवर आक्रमण गर्ने कुरालाई बढी महत्व दिईरहँदा दुश्मनहरुले चाहिं क्रान्तिकारीहरुलाई सिध्याउन साइवर आक्रमणलाई तीब्रता दिईरहेको छ । समय र परिस्थिति परिवर्तन भएसँगै नेपाली क्रान्तिकारीहरुको पनि केही कार्यशैलीहरु परिवर्तन भएको छ, जुन दिनप्रतिदिन नेपाली जनक्रान्तिका लागि घातक बन्दै गईरहेका छन् ।
विगतको महान दशवर्षे जनयुद्धमा साइवर आक्रमणको कम प्रभाव रहेको थियो । महान जनयुद्धका शुरुवाती समयमा सञ्चार माध्यम भनेको रेडियो, टिभी र हाते चिठीहरु हुन्थे । टेलिफोन गर्न धेरै टाढा र अति विश्वासिलो ठाउँ मात्र प्रयोग हुन्थे । त्यसको ३–४ वर्षपछि टेलिफोनमा जोडेर मोवाइल जस्तै बोकेर हिंड्न मिल्ने कर्डलेस प्रयोग भए । तर कर्डलेस प्रयोग त्यति सुरक्षित देखिएनन् । मित्र राष्ट्र चीनमा बनेका साना खालका एफएम टिप्ने रेडियोमा ती कर्डलेसमा भएका बातहरु टिप्ने गर्दथ्यो । त्यति मात्र हैन, त्यस एफएम रेडियोले प्रहरी लगायतका सुरक्षा निकायमा प्रयोग भएका सञ्चार सम्पर्कलाई टिप्ने भएकाकारण तात्कालीन अवस्थामा क्रान्तिकारीहरुले दुश्मनको सूचना लिन सकिने भाँडोको रुपमा एफएम रेडियोलाई उपयोग गरे । यो कुरोको पत्तो पाएपछि सुरक्षा निकायले सतर्कता अपनाएको थियो ।
कर्डलेससँगै तात्कालीन अवस्थामा महान जनयुद्धको मध्य समयमा पेजर सुविधा आयो । आजकल हरेकेको खल्तीमा मोवाइल फोन भएजस्तो अधिकाँशको खल्तीमा एउटा सानो डिभाइस हुन्थ्यो । एक व्यक्तिले अर्को व्यक्तिलाई सूचना पठाउनका लागि त्यस पेजर कम्पनीका नम्बरहरुमा फोन गरी आफ्नो सूचना टिपाउँथे र त्यस कम्पनीले सम्बन्धित व्यक्तिको पेजरमा मेसेज अर्थात् सूचना पठाईदिन्थ्या । यसरी दुई पेजरवालाबीच सूचना आदान प्रदान हुने गरेको थियो । यस माध्यमहरुलाई पनि तात्कालीन समयमा क्रान्तिकारीहरुले उपयोग त गरे । तर त्यो उत्पादकभन्दा बढी प्रत्युत्पादक बन्यो । दुश्मनको हातमा परेपछि पाएको यातनाकाकारण क्रान्तिकारीहरुले गरेको गद्दारीकाकारण धेरै क्रान्तिकारी नेता तथा कार्यकर्ताहरु गिरफ्तार भए र मारिए पनि ।
कर्डलेस र पेजर सेवाको साथमा केही समयपछि अर्थात् महान जनयुद्धको अन्तिमका केही वर्ष अघि नेपालमा मोवाइल सेवा शुरु भयो । यो सेवा शुरुमा केही धनाढ्य वर्गको पहुँच र शोखका रुपमा आयो । तर बिस्तारै मोवाइल सेवा मध्यमवर्ग र तल्लो वर्गको पहँुचसम्म पुग्यो । मोवाइल हातमा बोक्नु एउटा शानको विषय समेत बन्यो ।
शुरुमा आएका मोवाइल सेटहरुमा गीत र एफएम रेडियो सुन्न मिल्दथे र समय हेर्न घडीको व्यवस्था पनि थियो । नोकिया र सामसुङ कम्पनीबाट आएका यस्ता मोवाइल सेटहरुमा भने इमेल र इन्टरनेटको सुविधा थिएन । बोकेर हिड्ने यी मोवाइलहरु भने सीमित क्षेत्रमा चल्दथे । त्यति बेला यस्ता मोवाइल सेटहरु क्रान्तिकारी कमरेडहरुको हातमा पनि रहने गरेका थिए । त्यतिबेला कमरेडहरु, मोवाइलको टावर टिप्ने स्थानको खोजी गर्दै विभिन्न अग्लो डाँडा र रुखसम्म चढ्न पुग्थे, मात्र सञ्चार सम्पर्कका लागि ।
कथम्कदाचित एक जना क्रान्तिकारी कमरेड मोवाइलसहित पक्राउ प¥यो भने अन्य कमरेडहरुको मोवाइल नम्बर खुल्ने गर्दथ्यो । त्यसपछि तात्कालीन अवस्थामा शाही सेनाले दुरसञ्चारमा गएर ती मोवाइलहरु कुन क्षेत्रमा र कुन टावरको क्षेत्रमा सकृय छ भन्ने कुराको जानकारी लिने गर्दथे । त्यही सूचनाका आधारमा तात्कालीन माओवादीका नेताहरु कुन ठाउँमा सकृय छन् भन्ने सुचना सुरक्षा निकायले नेपाल टेलिकमबाट लिने गर्दथे । त्यत्ति मात्र हेन कतिपय नेताले चलाउने गरेका मोवाइलको नेपाल टेलिकमभित्रको प्वाइन्टमा बसेर सुरक्षा निकायका व्यक्तिहरुले वार्तालाप सुन्ने गर्दथे भन्ने पनि बेला बेलामा चर्चाको विषय बन्ने गरेको थियो ।

तात्कालीन अवस्थामा माओवादीका नेता तथा कार्यकर्ता कुन क्षेत्रमा छन् भन्ने जानकारी भएपनि सुरक्षाकर्मीहरु माओवादीको बलियो
उपस्थितिकोकारण झ्याप्पै माओवादीमाथि आक्रमण गर्दैनथे । यदि आक्रमण गर्न नै पर्ने भएपनि शाही नेपाली सेना सम्मिलित संयुक्त सुरक्षाफौजको ठुलो जत्था मोवाइल सकृय एरियामा पुग्दथ्यो । इमेल, इन्टरनेट, ब्लुटुथ र जिपिएस नजोडिएका ती मोवाइल कुन चाहिं टावर मातहत कुन दिशा र क्षेत्रमा सकृय रहेको छ पत्ता लगाएर सुरक्षाफौजले पाँच किलोमीटर परिधिमा घेरा हालेर खोजतलास गर्दथे । जसकाकारण सर्वसाधारणमा ठुलो त्रास र पीडा हुने गरेको थियो ।
समयको अन्तरालसँगै अहिले आएर मोवाइलसेटहरु विभिन्न सुविधाहरु थपेर बढी शक्तिशाली र बहुउपयोगी बनाइएको छ । आजकालका मोवाइलहरुमा इमेल, इन्टरनेट, ब्लुटुथ र मोवाइलको लोकेशन पत्ता लगाउन जिपिएस सिस्टम र क्यामरा समेत जडान गरिएका धेरै प्रकारका स्मार्ट र एण्ड्रोइड मोवाइलहरु आएका छन् । यस्ता सुविधा सम्पन्न मोवाइल सेटहरु शुरुवाती चरणमा रहेको एकीकृत जनक्रान्तिका लागि केही घातक बनिरहेको छ । एकीकृत जनक्रान्तिमा वैज्ञानिक साधनहरु प्रयोग गर्ने भनिएपनि यसको सही उपयोग नहुँदा तथा क्रान्तिकारी कमरेडहरुको केही अस्वाभाविक जस्ता लाग्ने प्रवृत्तिकाकारण यी साधनहरु केही घातक जस्ता देखिएका छन् ।
काभ्रेबाट सुरक्षाफौजको सुरक्षा घेरा तोडी भागेका एक नेता त्यसको दुईदिनपछि रातको समयमा काभ्रेकै एक एकान्त गाउँमा बसेर मोवाइलमा आनन्दले मोवाइल चलाईरहे । उनको मोवाइल र फेसबुक ट्रेस गरेर खोजी गरिरहेको महानगरीय अपराध अन्वेषण शाखाको विशेष प्रहरी टोलीले उनलाई फेसबुक चलाईरहेकै अवस्थामा पक्राउ गर्न सफल भयो ।
वुटवलबाट राजधानीका लागि बस चढेका एक जिम्मेवार कमरेडले बसमा यात्रा गरिरहँदा आफ्नो मोवाइलमा डाटा खोलेर फेसबुक चलाइरहे । जब उनी राजधानी छिर्ने नागढुंगामा पुगे । उनको गाडीलाई प्रहरीले रोक्यो र ती जिम्मेवार कमरेडको नाम नै लिएर प्रहरीले बसमा सोध्यो । त्यही बसबाट उनी त समातिए नै, उनीसँगै रहेका अर्का जिम्मेवार कमरेड पनि त्यही बसबाट पक्राउ परे ।
बैठकस्थलमा मोवाइल लैजानु घातक हुने निष्कर्षका साथ बैठकमा सहभागी हुने सबै कमरेडहरुको मोवाइल मागेर स्वीच अफ गरी एक ठाउँमा जम्मा गरेर राखियो । तर केही जिम्मेवार कमरेडहरुले आफ्नो गोप्य फोन भन्दै खल्तीमा नै राखेर अति गोप्य र एकान्त स्थानमा रहेको बैठकस्थलमा लगे । बैठकस्थलको बारेमा जानकारी पाएको सुरक्षा निकाय रातको समयमा बैठकस्थलमा पुग्यो । महत्वपूर्ण जिम्मेवार नेताहरुको उपस्थिति रहेको सो बैठकलाई समभावित दुर्घटनाबाट बच्न छोट्याउने काम भयो र सबै कमरेडहरुले राती नै बैठकस्थल छाडे । सुरक्षाफौजले बैठकमा सहभागी कमरेडहरुको सुइँकोसम्म पाएन । तर रातको समयमा अति गोप्य र त्यस एकान्तस्थानमा सकृय रहेको मोवाइलको सकृय क्षेत्रतिर सुरक्षाफौज परिचालित भए । तैपनि केही सजगता र सचेतताकाकारण कुनै दुर्घटना हुन पाएन ।
अत्यन्त सुविधायुक्त मोवाइल बोकेका एक नेतालाई प्रहरीले मोटरसाइकलमा तेल हाल्न लागिरहेकै बेला एक पेट्रोल पम्पबाट गिरफ्तार ग¥यो । उनलाई गिरफ्तार गर्न प्रहरीले मोवाइल ट्रयाकर नामको डिभाइस र सफ्टवेयरको प्रयोग गरेको थियो ।
कार्यक्षेत्रमा नगई आफ्नो डेराकोठामा फेसबुकमा रमिरहेका एक नेतालाई प्रहरी गिरफ्तार गरेर त्यस दिन शंकाष्पद वस्तु राखिएको स्थानबाट पक्राउ गरिएको दाबी गर्दै प्रहरीले मुद्दा चलाएको छ ।
चुनाव खारेजी अभियानका बेला एक उच्च नेता आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई कम सम्पकर्मा आउन भन्दै एक अँध्यारो कोठामा झ्याल ढोका बन्द गरेर आफ्नो मोवाइलमा डाटा खोलेर मस्तसँग फेसबुक चलाइरहेका थिए । आफ्ना पार्टीका नेता तथा कार्यकर्तालेभन्दा आफूले चलाईरहेको फेसबुकले आफुविरुद्ध सुराकी गरिरहेको कुरा उनले बुझिरहेका थिएनन् ।
आजकल अधिकाँश नेताहरु कार्यकर्ताहरुले मोवाइलमा सम्पर्क गर्दा “अहिले म भीडभाडमा छु । भरे म एकान्तमा पुगेपछि फोन गर्छु” भन्छन् । उनीहरु के भुलिरहेका हुन्छन् भने एकान्तस्थानमा रातको समयमा कुरा गर्ने म सुरक्षा निकायको निगरानीमा छु । वरिपरि अन्य मोवाइल कम सुचारु भएको अवस्थामा सकृय मोवाइलको बारेमा सुरक्षा निकायको निगरानी हुनु स्वाभाविक हो ।
दुश्मनको पञ्जाबाट बच्न क्रान्तिकारीहरुले धेरै सजगता र सचेतता प्रयोग गरिरहेका हुन्छन् । तर त्यसका बाबजुद पनि क्रान्तिकारीहरुले सुराकीकै रुपमा रहेको मोवाइललाई आफ्नै खल्तीमा राखिरहेको कुरा भुल्नु हुँदैन । मोवाइल एकीकृत जनक्रान्तिको उत्पादक काममा प्रयोग गरिनुपर्छ न कि यसले प्रत्युत्पादक काम नगरोस् ।
मोवाइललाई प्रत्युतपादक हुन नदिन जिपिआरएस जडित इमेल–इन्टरनेट चल्ने, ब्लुटुथसुविधा लगायतका बढी सुविधा भएका मोवाइल सकेसम्म प्रयोग नै नगर्ने, प्रयोग गर्नै पर्ने भयो भने पनि एकै ठाउँमा घण्टौं मस्तसँग नबस्ने, छोटो समय बस्ने । मोवाइल चलाएर काम सकिएपछि आफु बसेको स्थानलाई तत्काल परिवर्तन गर्ने । मोवाइल प्रयोग गर्नै परे लोकेशन देखाउने जिपिआरएस सुविधा शेटिङमा गएर अफ गर्नुपर्छ र फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्नो एक्टिभ स्टाटस अफ गर्नुपर्छ । फेसबुकमा भिडियो र भ्वाइस कल गर्न त्यति सुरक्षित मानिन्न । त्यसैले फेसबुक मेसेन्जरभन्दा इमो, ह्वाट्सएप, भाइवर जस्ता एप्लिकेशन प्रयोग गर्दा तुलनात्मक रुपमा सुरक्षित मानिएको छ ।
मोवाइल चलाउने नै हो भने पनि मोवाइलसेटमा उपलव्ध सुविधाहरु पनि हेर्नुपर्ने हुन्छ । सकेसम्म एफएम, घडी, म्युजिक प्लेयर, लाइट र एसएमएस सुविधा मात्र भएका मोवाइल सेटहरु प्रयोग गर्नु अति उत्तम हुन्छ । मोवाइल सेट आउँदाका बखत शुरुवाती समयमा आएका पुराना मोडलका मोवाइलमा यस्ता सुविधा हुन्छन् । यस्ता मोवाइलवाला व्यक्ति पक्राउ गर्न सुरक्षा निकायले मोवाइल रहेको स्थानबाट वरिपरि करीब पाँच किलोमीटर परिधिमा घेरा हालेर खोजतलास कारवाही गर्नुपर्छ । यदि तपाईँसँग लोकेशन देखाउने जिपिआरएसलगायतका सुविधा रहेको स्मार्ट र एण्ड्रोइड मोवाइल सेट छ भने सिम नहाली वाईफाई जोडेर एकदम छोटो समयका लागि नेट चलाउन सकिन्छ । लामो समय एकै ठाउँमा बसेर नेट चलाउँदा सुरक्षाको दृष्टिले घातक हुनसक्छ । लोकेशन देखाउने जिपिआरएसलगायतका सुविधा रहेको स्मार्ट र एण्ड्रोइड मोवाइल सेट प्रयोग गर्दा ठाउँको ठाउँ पक्राउ पर्नसक्ने सम्भावना रहेको हुन्छ ।
आफ्ना सम्पर्कमा रहेका कमरेड गिरफ्तार भएपछि कतिपय नेताहरु उनीसँग सम्पर्क हुने गरेको सिम फाल्छन । अनि तत्काल अर्को नयाँ सिम लिन्छन र उही पुरानो मोवाइल सेटमा त्यो नयाँ सिमलाई राख्छन् । यस्तो गर्दा मोवाइल सिम परिवर्तन गर्नुको अर्थ रहँदैन । एकपटक सार्वजनिक भएको समाचार के थियो भने ने.क.पा. महासचिव विप्लवको ६५ वटा नम्बरमा ट्रेस गरी हेर्दा पनि विप्लव पक्राउ परेनन् । मोवाइल सेटको आईपी नम्बर हुन्छ । त्यस मोवाइल सेटमा जुन नम्बरको सिम हालेपनि सुरक्षा निकायले मोवाइलको आईपी नम्बरका आधारमा मोवाइल नम्बर पत्तो पाउँछ । सुरक्षाकै कारण हो भने सिम नयाँ लिएपछि नयाँ मोवाइल सेट किन्न अनिवार्य हुन्छ ।
विज्ञानको युगमा सुचना प्रविधिलाई सदुपयोग गरौं । प्रत्युत्पादक हुने गरी सुचना प्रविधिलाई प्रयोग नगरौं । हरेक घटना र दुर्घटनापछि फलानाले सुराकी ग-यो कि भनेर शंका नगरौं । कतै आफूले खल्तीमा बोकेको मोवाइल सेटले सुराकी त गरिरहेको छैन भन्ने बारेमा बेला बेलामा सजग र सचेत बनौं । एकीकृत जनक्रान्तिमा सुचना प्रविधिलाई सदुपयोग गरी गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा महत्वपूर्ण भूमिका खेलौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु