अखिल क्रान्तिकारीका अध्यक्ष र काेषाध्यक्षसहितका नेता पक्राउ , तत्काल रिहा नगरे कडा संघर्ष

२०७५ जेष्ठ २८ गते, सोमबार

काठमाडौं, २८ जेठ । नेकपा अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, काेषाध्यक्ष नरेन्द्र बि.क. र अर्का बिद्यार्थी नेता प्रकाशलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई काठमाडौंको जोरपाटी नजिक अपा‌ंगबाट एक कार्यक्रममा जाँदै गर्दा बाटोमा हिंडिरहेका बेला गिरफ्तार गरिएको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको जनाएको छ । शैक्षिक क्षेत्र विकृति र विसंगति तथा नीजि विद्यालयहरुले लिइरहेको चर्को शुल्क विरुद्ध अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेको बेला अध्यक्षसहित विद्यार्थी नेताहरुलाई गिरफ्तार गरिएको हो । उनीहरुलाई अपहरण शैलीमा सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरिएको स्रोतले बताएको छ । हिजो आइतबार मात्र कमलादीस्थित प्रज्ञाभवनमा आठ वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न गरेको थियो । ढकालले कार्यक्रम संचालन गरेका थिए ।
यसैबीच , अखिल (क्रान्तिकारी) अध्यक्ष चिरन्जीवि ढकालसहित गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग माग गरेको छ । संगठनको कामको सिलसिलामा बाटोमा हिँडिरहेका बेला साेमबार बिहान राजधानीबाट सरकारले प्रहरी लगाएर अपहरण शैलीमा नेताहरु ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र केन्द्रीय सदस्य प्रकाशलाई अनाहकमा गिरफ्तार गरेको भन्दै नेकपाले घोर भत्सर्ना गरेको छ । नेकपाले आफ्नो बिद्यार्थी संगठनका नेतालाई तत्काल बिनासर्त रिहाई नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत सरकारलाई दिएको छ ।

प्रतिक्रियाहरु