‘क्लीन फिड’ विधेयक पारित भए सशक्त आन्दोलन

२०७६ असार १० गते, मंगलवार

काठमाडौं, १० असार । नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले ‘क्लीन फिड’ लागू गरेमा अर्बौंको लगानी डुब्ने र सन्चारमाध्यमहरु धराशायी हुने ठोकुवा गर्दै ‘क्लीन फिड’ विधेयक संसदबाट पारित भए सशक्त आन्दोलन चेतावनी दिएका छन । टेलिभिजन सेवा प्रदायक संघ–संस्थाहरुद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा पराजुलीले सरकार घरघरमा सन्देशमूलक टेलिभिजनको ‘सिग्लन’ पुर्‍याउने दायित्वबाट पन्छिन थालेको आरोप लगाए । उनले क्लीन फिड विधेयक संसदबाट पारित भएमा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।
यस्तै, डिजिटल टेलिभिजन समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले क्लीन फिडसम्बन्धी विधेयकबारे सन्चार तथा सूचना प्रविधि मन्त्रालयसँग वार्ता गर्न खोज्दा मन्त्रालयले वार्ता गर्न नमानेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार