क्रान्तिकारी माओवादीले संघर्षलाई नयाँ ढंगले संगठित गर्ने

२०७६ असार २१ गते, शनिबार

काठमाडौं, २१ असार । नेकपा (क्रान्तिकारी माओवादी)ले संघर्षलाई नयाँ ढंगले संगठित गर्ने उद्घोष गरेको छ । गत असार १२ देखि १७ गतेसम्म ललितपुरको चाङ्गाथलीमा सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयहरु सार्वजनिक गर्दै सो उद्घोष गरेको हो । पार्टी महासचिव मोहन वैद्य‘किरण’द्वारा जारी प्रेस वक्तव्यमा पछिल्लो राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्दै बैठकले संघर्षलाई नयाँ ढंगले उठान गर्नुपर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “अहिले देशमा कम्युनिस्ट नामधारी, संसदवादी तथा नवप्रतिक्रियावादी सरकार बनेको झण्डै १६ महिना पुगेको छ । यो बेला राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल बन्न गएका छन् । सन् १९५० लगायतका असमान सन्धि सम्झौता कायमै राखेर, जलविद्युत तथा सीमा लगायतका क्षेत्रमा अतिक्रमण बढाएर भारतीय विस्तारवादले आफ्नो हस्तक्षेप तीव्र पारेको छ भने सरकार तिनको प्रतिवाद तथा विरोध होइन पक्षपोषण गर्न गइरहेको छ । राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने, राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको कथित मुठभेडको नाममा हत्या गर्ने, पत्रकारहरुको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र मजदुर, किसान, आदिवासी जनजाति, महिला, दलित, मधेशी, मुस्लिम लगायतका जनताका हक अधिकारको हनन गर्ने गरेर सरकार फासीवादतर्फ उद्यत भैरहेको छ । नव उदारवादको मान्यतामा अर्थतन्त्र चलाएर र समृद्ध नेपाल तथा सुखी नेपालीको विभ्रम खडा गरेर सरकारले समाजवादका विरुद्ध साम्राज्यवादको सेवा गरिरहेको छ । सरकार भ्रष्टाचार, भूमाफियातन्त्र, तस्करी र कमिशनतन्त्रको अखडा बन्न गैरहेको छ । यो बेला सङ्घर्षलाई नयाँ ढङ्गले सङ्ठित गर्नुपर्ने आवश्यकता पैदा भएको छ ।”
वक्तव्यमा अगाडि भनिएको छ, “गत २०७५ मङ्सीरको केन्द्रीय समितिमा पारित प्रस्ताव, नीति, योजना र निर्णयहरुको कार्यान्वयन सम्बन्धी विषयबारे समीक्षा गरिएको छ । निर्णयहरुको कार्यान्वयनमा कतिपय सीमा तथा समस्या रहे पनि पार्टी काम प्रगति उन्मुख बन्दै तथा सकारात्मक रुपमा अगाडि बढ्दै गइरहेको निष्कर्ष निकालिएको छ ।” र “विश्व र नेपालमा पनि क्रान्ति तथा रुपान्तरणका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थाले पनि क्रान्तिकारीहरुको आत्मगत स्थिति कमजोर रहेको अवस्थामा प्रतिकूलतालाई अनुकूलतामा बदल्दै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नयाँ जनवादी क्रान्तिको तयारी र वैज्ञानिक समाजवाद तथा साम्यवादको दिशामा अगाडि बढ्नका लागि अत्यन्तै धैर्य तथा क्रान्तिकारी आशावादले समृद्ध बन्दै रणनीतिमा दृढता र कार्यनीतिमा लचकताको मान्यता अवलंबन गर्न जरुरी भएको ठहर सहित आगामी नीति, कार्यक्रम तथा कार्ययोजना निर्धारित गरिएको छ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ, “ १ — बैठकको सुरुमै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहमा जनआन्दोलन तथा जनयुद्धको प्रक्रियामा सहादत प्राप्त वीर अमर सहिदहरु प्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२ — महासचिव क. किरणद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरियो । आवश्यक छलफल तथा परिमार्जन सहित सो प्रतिवेदन सर्बसम्मत रुपमा पारित गरियो । प्रतिवेदनको सारवस्तु यस प्रकार रहेको छ :
क) आज विश्वमा विभिन्न साम्राज्यवादी मुलुक तथा शक्ति केन्द्रहरुका बीच आर्थिक, राजनीतिक तथा सामरिक रुपमा आ–आफ्नो प्रभुत्वका निम्ति परस्पर तीव्र प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धा व्यापार युद्धमा परिणत हुँदै गएको छ । आज विश्वमा परमाणु युद्धको खतरा बढ्दै गएको छ र साइबर युद्ध चलिरहेको छ । आज एसिया, अफ्रिका तथा दक्षिण अमेरिकाका विभिन्न उत्पीडित मुलुकहरु एकातिर भूमण्डलीकृत साम्राज्यवादको उत्पीडनमा छटपटाइरहेका छन् भने अर्कोतिर ती त्यस प्रकारका उत्पीडनका विरुद्ध सङ्घर्ष गरिरहेका छन् ।
ख) चीनले अवलंबन गर्दै आएको बेल्ट एण्ड रोड इनिसिएटिभ रणनीतिको प्रतिकारका लागि अहिले अमेरिकाले इण्डो–प्यासिफिक रणनीति अवलंबन गर्न पुगेको छ । यस स्थितिमा नेपाल त्रिकोणात्मक सङ्घर्षको केन्द्र बन्न गएको छ र देशको राष्टिय स्वाधीनताको रक्षाका लागि अझै गम्भीर बन्नु पर्ने अवस्था पैदा भएको छ । ।
ग) अहिले देशमा कम्युनिस्ट नामधारी, संसदवादी तथा नवप्रतिक्रियावादी सरकार बनेको झण्डै १६ महिना पुगेको छ । यो बेला राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल बन्न गएका छन् । सन् १९५० लगायतका असमान सन्धि सम्झौता कायमै राखेर, जलविद्युत तथा सीमा लगायतका क्षेत्रमा अतिक्रमण बढाएर भारतीय विस्तारवादले आफ्नो हस्तक्षेप तीव्र पारेको छ भने सरकार तिनको प्रतिवाद तथा विरोध होइन पक्षपोषण गर्न गइरहेको छ । राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने, राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको कथित मुठभेडको नाममा हत्या गर्ने, पत्रकारहरुको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र मजदुर, किसान, आदिवासी जनजाति, महिला, दलित, मधेशी, मुस्लिम लगायतका जनताका हक अधिकारको हनन गर्ने गरेर सरकार फासीवादतर्फ उद्यत भैरहेको छ । नव उदारवादको मान्यतामा अर्थतन्त्र चलाएर र समृद्ध नेपाल तथा सुखी नेपालीको विभ्रम खडा गरेर सरकारले समाजवादका विरुद्ध साम्राज्यवादको सेवा गरिरहेको छ । सरकार भ्रष्टाचार, भूमाफियातन्त्र, तस्करी र कमिशनतन्त्रको अखडा बन्न गैरहेको छ । यो बेला सङ्घर्षलाई नयाँ ढङ्गले सङ्ठित गर्नुपर्ने आवश्यकता पैदा भएको छ ।
घ) गत २०७५ मङ्सीरको केन्द्रीय समितिमा पारित प्रस्ताव, नीति, योजना र निर्णयहरुको कार्यान्वयन सम्बन्धी विषयबारे समीक्षा गरिएको छ । निर्णयहरुको कार्यान्वयनमा कतिपय सीमा तथा समस्या रहे पनि पार्टी काम प्रगति उन्मुख बन्दै तथा सकारात्मक रुपमा अगाडि बढ्दै गइरहेको निष्कर्ष निकालिएको छ ।
ङ) विश्व र नेपालमा पनि क्रान्ति तथा रुपान्तरणका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थाले पनि क्रान्तिकारीहरुको आत्मगत स्थिति कमजोर रहेको अवस्थामा प्रतिकूलतालाई अनुकूलतामा बदल्दै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नयाँ जनवादी क्रान्तिको तयारी र वैज्ञानिक समाजवाद तथा साम्यवादको दिशामा अगाडि बढ्नका लागि अत्यन्तै धैर्य तथा क्रान्तिकारी आशावादले समृद्ध बन्दै रणनीतिमा दृढता र कार्यनीतिमा लचकताको मान्यता अवलंबन गर्न जरुरी भएको ठहर सहित आगामी नीति, कार्यक्रम तथा कार्ययोजना निर्धारित गरिएको छ ।
३ — साम्राज्यवाद तथा दक्षिणपंथी संशोधनवादको उत्पीडन, प्रभुत्व एवम् हैकम बढ्दै र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गंभीर बन्दै गएको स्थितिमा आप्mनै स्वतन्त्र पहल र समान धारणा राख्ने राजनीतिक दलहरुसित कार्यगत एकता गरी सङ्घर्षका कामलाई विकसित तुल्याउने बारे आवश्यक र महत्वपूर्ण निर्णयहरु लिइएका छन् ।
४ — बैठकमा सरकारद्वारा विप्लब समूहमाथि लगाइएकोे प्रतिबन्ध र उनीहरुहरुका केही नेता तथा कार्यकर्ताको मुठभेडका नाममा गरिएको हत्या तथा दमनको कडा विरोध तथा भत्र्सना गरी उनीहरुप्रति राजनीतिक व्यवहार गर्न तथा समस्याको राजनीतिक निकास खोज्न जोड दिइएको छ । साथै, विप्लव समूहको रहस्यमय कार्यदिशा तथा कार्यशैलीको पनि विरोध गरी तिनलाई सच्याउन समेत आग्रह गरिएको छ ।
अन्तमा, कमरेड किरणद्वारा केन्द्रीय समितिले लिएका निर्णयहरुको दृढ कार्यान्वयनमा जोड दिंदै तथा सम्पूर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद दिंदै बैठकको समापन गरियो ।”

प्रतिक्रियाहरु