क्रान्तिकारी पत्रकार संगठन भक्तपुरको अध्यक्षमा भुसाल

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं , २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल भक्तपुर जिल्लाको पहिलो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रामजी भुसालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा सन्तोष बलम्पाकी, सचिबमा अमृत पाण्डे, र सह सचिवमा कमल थापा रहेका छन् । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउने र नेकपा भक्तपुर सेक्रेटरी कुशल बोगटी र उपत्यका संयोजक जन्मदेब जैसी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु