कोरोना संक्रमितको संख्या २३०० पुग्यो !

२०७७ जेष्ठ २१ गते, बुधबार

काठमाडौं, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको मन्त्रालयले बताएको छ ।
सबै भन्दा धेरै कपिलबस्तुमा ६७ जना संक्रमित छन् भने काठमाण्डौं, दैलेख, रौतहट, सुर्खेत, रुपन्देही, सर्लाही, सिन्धुपालचोक लगायतका जिल्लामा गरी २ सय १ जना थपिएका छन् । कुल ६४ जिल्लामा संक्रमण फैलिसकेको छ ।
यसैबीच आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखाका ७६ बर्षका संक्रमित बिरामीको शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो सगँै कोरोना संक्रमणबाट मृत्यु हनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रियाहरु