कोरोना भाइरसबाट भारतमा एक जनाको मृत्यु

२०७६ फाल्गुन ३० गते, शुक्रबार

काठमाडौं, ३० फागुन । भारतिय सञ्चारमाध्यको अनुसार कोरोना भाइरसका (कोभिड–१९) कारण भारतमा एक जनाको मृत्यु भएको छ । भारतको कर्नाटक कालबुर्गीमा काेराेना भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्य सरकारले उनको मृत्यु भएको पुष्टि गरेको छ । हिन्दी बीबीसीको अनुसार उनी साउदी अरबबाट हालै भारत फर्किका थिए । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

प्रतिक्रियाहरु