कोरोनाविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत

२०७६ चैत्र १५ गते, शनिबार

काठमाडौं, १५ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ को महामारीविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । कोरोनाबाट उत्पन्न आर्थिक संकट निस्तेज पार्न ल्याइएको विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका हुन् । अमेरिकी इतिहासकै यो सर्वाधिक ठूलो राहत प्याकेज हो । विधेयक अनुमोदन गर्ने क्रममा रिपब्लिकन र डेमोक्रयाट्कि एकमत भएका थिए ।
केही दिनको विवाद पछि गत बुधबार कंग्रेसको माथिल्लो सदन सिनेटले शून्यका विरुद्व ९६ मतसहित विधेयक पास गरेको थियो ।
राष्ट्रपति ट्रम्पले सवारी साधान र त्यसका सामान उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी जनरल मोटर्सलाई भेन्टिलेटर उत्पादन गर्न आदेश दिएको छ । कोरोनाका कारण संक्रमित भएकाहरुका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएका बेला ट्रम्पले यस्तो आदेश दिएका हुन् ।
यता अमेरिकामा अचानक बेरोजगारीको संख्या बढेको छ । ३० लाख व्यक्तिले बेरोजगारीको सूचीमा आफुलाई दर्ता गराएका छन् । यो तथ्यांकले अमेरिकी अर्थव्यस्था गहिरो संकटमा गइरहेको देखाएको छ । लकडाउनको आदेशले कारोेवारलाई अस्थायी बन्द मात्र नगरी लाखौं अमेरिकी बेरोजगार भएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु