कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौँ, २८ माघ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको सीएनएनले जनाएको छ । एक हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ । अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।
ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गरेको छ । हुबेको स्वास्थ्य आयोगले सोमबार २ हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । आइतबार सङ्क्रमण हुनेको सङ्ख्या २ हजार ६ सय १८ रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>