कोरोनाका कारण १३१० मृत्यु , ४० हजार बढी प्रभावित

२०७६ फाल्गुन १ गते, बिहीबार

काठमाडौं, १ फागुन । डिसेम्बर ३१ बाट चीनमा फैलिएको कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या १३१० पुगेको छ । हिजो एकै दिन मर्नेको संख्या २ सय ४३ रहेको अधिकारीहरुले जनाएका छन् । यसै गरी प्रभावितको संख्या ४० हजार माथि रहेको छ ।
निरन्तर प्रयासका बाबजुद कोरोना भाईरसले नागरिकको ज्यान लिन नछाडे पछि चीनले अझ युद्ध स्तरमा नियन्त्रणको प्रयास गरीरहेको छ । चीनको उहानबाट फैलिएको यो भाईरसले अन्य देशमा पनि प्रभाव पारेको छ ।

प्रतिक्रियाहरु