कोरोनाका कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब डलर बराबरको गिरावट आउने सक्ने

२०७७ जेष्ठ २ गते, शुक्रबार

काठमाडौं, २ जेठ । एसियाली विकास बैंक (एडीबी) ले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब अमेरिकी डलर बराबरको गिरावट आउनेसक्ने प्रक्षेपण गरेको छ । एडीबीको पछिल्लो प्रतिवेदनले कोरोना कहर विश्वमा यसैगरी छ महिनासम्म निरन्तर कायम रहे विश्वको कुल गार्हस्थ्य उत्पादनमा ९।७ प्रतिशत अर्थात् ८८ खर्ब अमेरिकी डलर बराबरको गिरावट आउनसक्ने प्रक्षेपण गरेको हो । यस्तो स्थिति तीन महिनासम्ममा सम्हालिए ६।४ प्रतिशत अर्थात् ५८ खर्ब डलर गिरावट आउने एडीबीको प्रक्षेपण छ । एसिया तथा प्रशान्त क्षेत्रमा कोरोनाको प्रभाव तीन महिनासम्ममा सम्हालिए क्षति १७ खर्ब डलर बराबर हुने अन्यथा ६ महिनासम्म लम्बिए यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २५ खर्ब डलर बराबरको कमी आउनसक्ने उसको प्रक्षेपण छ ।
विश्वका मुलुकहरुले कोरोनाविरुद्ध उचित कदम प्रभावकारीरुपमा चाल्नसके कोरोनाले अर्थतन्त्रमा पार्ने क्षति ३० देखि ४० प्रतिशतले न्यून गर्नसक्ने पनि एडीबीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु