कोरोनाका कारण मस्जिद बन्द

२०७६ चैत्र १ गते, शनिबार

काठमाडौँ, १ चैत । विश्वभर फैलिएको कोरोना भाइरसका कारण कुवेतस्थित मुस्लिम धर्मावलम्बीले प्रार्थना गर्नेस्थल मस्जिद पनि अस्थयीरूपमा बन्द गरिएको छ। सरकारी अधिकारीले त्यहाँका नागरिकलाई घरमा बसेर प्रार्थन गर्न अनुरोध गरिएको छ। मुलुक यतिखेर महामारीको रुपमा फैलिएको विश्वव्यापी कोभिड-१९ बाट बच्नको लागि युद्ब गरिरहेको बताइएको छ। मन्त्री अवाफले शुक्रबार उक्त घोषणा गरेका हुन्। मस्जिदमा बसेर दैनिक पाँचपटक गरिने प्रार्थना बन्द गरिएको उनले बताए। सामाजिक सञ्जालमा हालिएको भिडियोमा मस्जिदमा गएर प्रार्थना नगर्नु हुन आग्रह गरिएको छ। मस्जिदमा रहने धार्मिक गुरुले प्राथना गर्न आउन गर्न आग्रह गर्छन्। उनीहरूले निरन्तर प्रार्थना गर्न आग्रह गरिरहने छन्। ‘प्रार्थना गर्न आउनुहोस्’ यसको बदलामा त्यहाँको सरकारले घरमा बसेर प्रार्थना गर्न भनिएको छ। अर्को सूचना नआएसम्म यसैलाई आधार मानेर घरमा बसेर प्रार्थना गर्न आग्रह गरिएको धार्मिक मन्त्रीले बताए।

प्रतिक्रियाहरु