कोरोनाका कारण एकैदिन ९७ जनाको मृत्यु !

काठमाडाैं, २७ माघ ।चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु भएको छ । एकै दिनमा चीनमा कोरोनाका कारण एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ ।
चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार १ सय ७१ पुगेको छ भने १ लाख ८७ हजार ६ सय १८ जनाको उपचार भइरहेको छ । जसमा ३ हजार २ सय ८१ जना उपचारपछि घर फर्केका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले एक विशेषज्ञको टोली अनुसन्धानका लागि चीन पठाएको छ ।
यता कोरोना भाइरसले विश्वका अन्य २७ देशका नागरिकहरु पनि संक्रमित भइसकेका छन् । यसैबीच हङकङले क्रुजको क्वारेन्टाइनमा राखेका ७ सय जनालाई घर जान अनुमति दिएको छ । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>