कोरिया भाषा परीक्षामा ९२ हजार ३ सय ७६ जना सहभागी हुँदै

२०७६ जेष्ठ २४ गते, शुक्रबार

काठमाडौं, २४ जेठ । गतवर्षको तुलनामा यस वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको सङ्ख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो । गत वर्ष ८२ हजार ३ सय ३५ ले परीक्षा दिएकोमा यो वर्ष ९२ हजार ३ सय ७६ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा पुरुष परीक्षार्थीको सङ्ख्या ७७ हजार ३ सय ६१ र महिलाको सङ्ख्या १४ हजार ९ सय ९५ रहेको छ । यस वर्ष सबैभन्दा बढी म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न परीक्षा दिने परीक्षार्थीको सङ्ख्या ६३ हजार ४ सय ८९ जना रहेको छ । कोरिया भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको ईपीएस कोरिया शाखाका जनाएको छ । कोरिया भाषा परीक्षा दिन काठमाडौँमा २१, पोखरामा चार र ललितपुरमा सात स्थानमा परीक्षा केन्द्र तोकिएको छ । कोरिया भाषा परीक्षा शनिबार र आइतबार हुँदैछ । परीक्षा बिहान १० देखि १० बजेर ५० मिनेट सम्म र दिउँसो १ बजेर ३० मिनेट देखि २ बजेर २० मिनेट सम्म हुने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु