कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक

काठमाडौं, १३ असार । गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो ।
परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् ।
आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजाने भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>