कोटबाडा बिमानस्थलमा नियमित हवाई सेवा संचालन गर्न माग

२०७५ जेष्ठ १७ गते, बिहीबार

काठमाडौं, १६ जेठ । कालिकोटका स्थानीय जनताले कालिकोट–कोटबाडा बिमानस्थलमा तत्काल नेपाल वायुसेवा निगमको नियमित हवाई सेवा संचालन गर्न माग गरेका छन् । विगत ३५ वर्षदेखि उक्त विमानस्थलको निर्माणकार्य सुरु भएपनि अहिलेसम्म निर्माणकार्य पुरा नहुँदा नियमित उडान सेवा समेत सन्चालन हुन नसकेको भन्दै नरेन्द्र बिश्वकर्मा नेतृत्वको टोलीले सहितको पर्यटन राज्यमन्त्री धन वहादुर वुढालाई भेटेर नियमित हवाई उडान सेवा सञ्चालन गर्न माग गरेको हो ।करिब १ बर्ष अघि नै परिक्षण उडान सम्पन्न गरिसकेको भएपनि हालसम्म सो विमानस्थलबाट उडान हुन सकेको छैन ।
राज्यमन्त्री बुढालाई भेटेर उक्त विमानस्थलबाट नियमिड उडानसेवा सुरु गर्न माग गदै टोलीले बुधवार ज्ञापनपत्र बुझाएको हो । टोलीले उक्त मागपत्र मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशकलाई पनि बुझाईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

‘चुनाव पनि क्रान्तिकै मोर्चा’

२०८१ बैशाख ५ गते, बुधबार

नेकपाको पोलिटब्यूरो बैठक सुरु

२०८१ बैशाख ४ गते, मंगलवार

नेकपा स्थायी समितिको बैठक सुरु

२०८१ बैशाख ३ गते, सोमबार