के विदेशीएका नेपालीहरुले बोल्नै नपाउने हो त ? – अनिलभक्त खरेल

२०७६ आश्विन १२ गते, आईतवार

आफ्नी धर्मपत्नी पवित्राकुमारी मैनालीको घच्घच्यायटका कारण झण्डै ९ वर्षको अन्तरालपछि नेपालमा भएका राजनीतिक विसंगतिका बारेमा ५।६ वटा लेख रचना के लेखेको थिए कसै कसैको निद हराम भयो । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धम्कीपुर्ण स्वरहरु आउन थाले । कोही कोही त अन्तर्राष्टिय अदालतमा मुद्दा हाल्छु भनेर डुक्री बसेका छन् । के यो नेपाल भन्ने देश सत्ताको स्वादमा रमेका सीमित व्यक्तिहरुले दाइजोमा पाएको हो कि उनीहरुको विर्ता हो ? के देश बाहिर रहेका जन्मजात नेपालीले त्यसबारेमा स्वस्थ आलोचना गर्न पाउँदैनन् ? के देश बाहिर रहेका करीव ८० लाख गैर आवासीय नेपालीहरुले बोल्न पाउँदैनन् ? के भारतीय नेता सीताराम यचुरीहरुले मात्रै परेड खेल्न पाउने हो ? के एस.डी. मुनी, होली वाइनहरुले मात्रै बोल्न पाउने हो ? के विदेशीयका नेपालीहरुले बोल्ननै नपाउने हो त ? होइनभने किन स्वस्थ आलोचना सहन सक्ने क्षमता छैन उनीहरुमा ? यदि आलोचना सहन सक्ने क्षमता छैन भने किन बस्नु पर्यो जिम्मेवार निकायमा छोडे भैगो नि ? विदेशमा बस्ने नेपालीहरुले बोल्न नपाउने हो भने उनीहरुपनि कुवाको भयागुत्तो जस्तै त्यही रमाएर बसे भैगोनि । त्यसमा पनि अझ आप्mनो पुख्र्यौली थलोमानै गएर बसे भैगोनि किन शहरमुखी हुनु पर्यो ? गाउँबाट शहर पस्नु र शहरबाट विदेश पस्नु एकै हो । सबै गाँस, बास, कपास र सहज जीवनयापन गर्ने नाममा पलायन भएका हुन्छन् । कोही गाउँबाट पलायन भए कोही देशबाट पलायन भए फरक यत्ति हो । गाउँबाट पलायन भएपनि त्यो गाउँ ठाउँको जत्ति माया लाग्छ त्यो भन्दा बढी माया लाग्छ विदेशीएकालाई । किनकि उनीहरुलाई त गाउँठाउँका अलावा देशको पनि माया लाग्छ नि । यदि विदेशीएकाहरुले बोल्न नै नपाउने हो भने देशका विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री, प्रधानमन्त्री, राष्टपति र विभिन्न निकायमा बसेर तर मारेकाहरु किन र के का लागि विदेश भ्रमण आउँछन् ? किन त्यही गैर आवासीय नेपालीहरुमाझ गएर डकार्छन् ? किन जनसम्पर्क समिति, प्रवासी मञ्च, पत्रकार संघ लगायतका शाखा संगठन खोल्छन् ? यी सबै बन्द गरे भैगोनि ।
स्मरण रहोस् जिमेवार निकायमा बसेर बारम्बार राष्टको दोहन गरिसकेका र गरिरहेकाहरुका छोराछोरीहरु यहाँ तथा यस्तै सम्पन्न राष्टमा स्थायी बसोवास गरिरहेका छन् । के उनीहरु राष्ट दोहन गरेर कमाएको पैसा थन्क्याउन आएका त होइनन् ? के यस्ता कुराको आवाज पनि हामीलेनै उठान गरिदिनुपर्ने ? होइनभने देशमा रहेका जिम्मेवार पक्षबाट यस्ता कुराको उठान हुनु पर्छ कि पर्दैन ? विदेश भ्रमण पश्चात नेपालले के पायो त यस्ता कुराको समिक्षा हुनु पर्छ कि पर्दैन ? पछिल्लो १ वर्षमा मात्रै २ अर्बभन्दा बढी रकम त विदेश भ्रमणका नाममा दोहन भएका छन् । २ अर्बले कति विकास हुन्थ्यो होला ? यस्ता अनावश्यक फजुल खर्च रोक्नु पथ्यो कि पर्दैनथ्यो ? यसबारेमा आवाज उठाउनु पथ्र्यो कि पर्दैनथ्यो ?
आज ऐन नियम त सानालाई मात्र भएको छ । मन्त्रीलाई प्रश्न सोधेका भरमा कोही थुनिन्छन् र कुटिन्छन् तर ठुलाले देशको ४ पटक प्रधानमन्त्री भएकालाई सार्वजनिक स्थलमा नै मान मर्दन गर्दा केही हुँदैन । ठुलाले सार्वजनिक स्थलमा नै कुनै अशक्त समुदायप्रति कटाक्ष गर्दा माफी पनि नमाग्नु पर्ने रे ? कस्तो बिडम्बना । भोली त्यस्तै गरी अरुले आवाज उठाए के हुने मानहानी ? कतै जिम्मेवार तहमा बसेकालाई ट्युसनको आवश्यकता त छैन ? होइनभने जिम्मेवार निकायमा बसेर कसैलाई होच्याएर बोल्न पाइन्छ ? यस्ता बकम्फुसे कुरा गर्नुको साट््टो यही बेलामा आप्mना श्रीमानका हत्याराहरुलाई पत्ता लगाउनतिर लागे पो बुद्धिमत्ता हुन्थ्यो कि ?। अनि पो साराले पत्याउने थिए । हालका विवादित मन्त्रीले लगाएको आरोप पनि याद होला नि उनलाई ? बरु त्यसको जवाफ दिएको भए हुन्थ्यो नि त्यो मञ्चबाट ।
स्मरण रहोस् हालका मन्त्री योगशले आप्mनो पुस्तक मार्फत विद्यालाई यस्तो आरोप लगाएका थिए “मदन आश्रितको हत्याकाण्डमा संलग्न भएका भनी आशंका गरिएका राजेन्द्र खेतानसंग विद्या भण्डारीको समुधर सम्बन्ध कायम भयो । खेतानकी माता बनेकी विद्याको औकातमा एक्कासी वृद्धि भयो र विद्याले माताजीको नामबाट राजेन्द्र खेतानसंग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन् ।” यसबारे योगेश र विद्यालाई नै थाहा होला । यस्ताबारे नेपालका जिम्मेबार निकाय बोल्नु पर्छ कि पर्दैन ? उनीहरु बोलुन् हामी सुनेर मात्र बसौला । कसैको पत्रकार सम्मेलनमा पार्टीका लठैतबाट भएका आक्रमण विरुद्ध आवाज उठाउन् हामी सुनेर बसौला । निमुखा जनताको आवाज बनुन् हामी हेरेर बसौला । भ्रष्टचार विरुद्ध आवाज उठाउन् हामी चुप लागौला । हरेक क्षेत्रमा समानता गरुन् हामी चुप लागौला । राज्यबाट बाँडिने सम्मान, पुरस्कार समान रुपले बाँढुन् हामी हेरेर मात्र बसौला । देशबासीलाई सुखी र खुशी बनाउन् हाम्रो कामना र चाहना यत्ति हो । भाग खोस्ला भनेर नडराए हुन्छ । सबैले आआप्mनै भाग खाने हो ।
होइनभने कसैको बोलीमाथि बन्देज लगाउँछु भन्नेले बुझुन् कि ४ वर्ष अगाडि अमेरिकी राष्टपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई सारा विश्वभरका मिडियाले खिसि टिउरी गरिरहेका थिए । उनलाई जोकर र ब्रोकर समेत भनिएको थियो तर उनले यसको केही प्रवाह गरेनन् र पछि राष्ट्रपतिमा निर्वाचित भए । तर आज टुप्पोबाट उम्रेकाहरु स्वस्थ आलोचना सुन्न चाहँदैनन् र सक्दैनन् पनि । उनीहरुले बुझुन् कि मानिसको लोकप्रियता समाचारको शब्दहरुमा होइनन् कि जनताको मनभित्र हुँदोरहेछ । उनीहरु पनि त्यही जनताको मनको आवाज बोल्ने हिम्मत राखुन् हामी चुप लागौला । होइनभने विश्वको शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुखका बारेमा त बोल्न पाइने अन्तर्राष्ट्रिय कानुन भएको अवस्थामा कसैलाई मानसिक तनाव नदिने हो कि ? स्मरण रहोस् अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले वाक स्वतन्त्रतालाई पहिलो प्राथमिकतामा राखेको छ त्यसपछि मात्र स्वतन्त्र पत्रकारितालाई । यसकारण कसैको वाकस्वतन्त्रता बन्देज गर्ने काम भयो भने बरु उल्टै त्यो मुलुक कालोसुचीमा पर्ला त्यतातिर पो सोच्ने हो कि ? होसियार ।
हुन त महत्वपुर्ण ठाउँमा बस्न पुग्दा लाछि पनि सुरो हुन्छ । स्थान महत्वपुर्ण कुरा हो बल मुख्य कुरा होइन । जस्तै नालायक, निकम्मा, पिण्डरोगीहरु पनि पदमा पुगेपछि गर्जन्छन् । त्यसैको आडमा गर्जेका हुन् हामी रत्तिभर बिचलित हुनेछैनौं । उनीहरुले बुझुन् कि पद र स्थानमात्रै होइन सबैकुरा अस्थाइ र परिवर्तनशील छन् । पदमा हिजो अर्कै थियो, आज अर्कै छ र भोली अर्कै हुनेछ । अस्तु ।
– भर्जिनिया, अमेरिका

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु