केन्द्रिकृत साम्राज्यवाद तथा दलालपुजिबादविरुद्ध एकीकृत जनक्रान्ति – संसारसेन पृथक

२०७५ बैशाख ३ गते, सोमबार

केन्द्रीकृत साम्राज्यवाद बिकेन्दिकृत दलाल पुजिबाद जतिबेला उत्पीडित राष्ट्र र बिकासउनमुख देशहरुमा प्रत्येक्ष हस्तक्षेप बढाएर आउँछ त्यतिबेला उत्पीडित र बिकासोन्मुख राष्ट्रहरुले एकीकृत तथा केन्द्रिकृत प्रतिरोध संघर्सको आबस्यक्ता परेर आउँछ- होची मिन्ह
दसकौ समयसम्म भएको राजनीति आन्दोलन र सृजित राज्य ब्यबस्था नियंत्रित राजनीतिक अस्थिरता र बिकेन्दिकृत आर्थिक लगानीमा उब्जिएको बर्तमन राज्यको स्वरुप हो जस्को प्रत्यक्ष निगरानी अमेरिकी तथा युरोपेली साम्राज्यवादको केन्द्रिकृत हस्तक्षेप र बिकेन्दिकृत राज्यहरूको सम्रचना यथार्थका उधारण बनेका छ्न।आधुनिक नेपाल निर्माण र २०४६ साल हुँदै०६३ साल सम्म नेपालमा बिकेन्दिकृत साम्राज्यवादको उपस्थिति र केन्द्रित सामन्ती राज्यको स्वरुप थियोे जस्लाइ परिवर्तन गर्न दस बर्षको जनयुद्ध र १९ दिने जन आन्दोलनको लक्ष्यलाई तत्कालीन राजनीति नेर्तित्वले मर्मबोध गर्न नसक्नु नेपाल र नेपाली समुदायको लागि भ्याङ्कर खतरा बनेर आयो भारत मा भएको बाह्रबुँदे सम्झौता पश्चिमा साम्राज्यवाद भारतीय बिस्तारबाद र देसिय प्रतिक्रियावादी सक्तिको तृपछ्य चङुलमा नेपाली वर्गसंघर्षका तत्कालीन नेर्तित्व बाधिनु अर्को दुर्भाग्य हो। वर्गसंघर्षलाई पद र पैसाको लोलुप्ताम साटेर संघियता धर्म निर्पेछेयताको नाममा बिखन्डन र पन्थी निरपेक्ष राज्यसत्ता सग साटिनुले राष्ट्र दुर्घटनाको डरलाग्दो सिमाको बिचमा डलबलाएको सत्य हो।
साम्राज्यवादको चलाखी र नेपाल :
साम्राज्यवादले प्रधानमन्त्री जंगबहादुरको पाला देखि नेपाललाई एसियायी मुलुकको एउटामात्र ककफिडको रूपमा नेपाललाई मान्दै आयको कुरा यथार्थ हो भारत पछी साम्राज्यवादको उपस्थितिको दरो अखडा नेपाल बनाउन पश्चिम् तिरका साम्राज्यबादी मुलुक र उनका एजेन्सी सक्रिय छन उनीहरुको एउटामात्र स्वार्थ चीन र दक्षिणी भारतलाई आफ्नो काबुमा राख्न नेपालमा जातीय र छेत्रीय दोन्दले राजनीति अस्थिरता कायम राख्न जरुरी ठान्छ्न जसको सफलताको लागी राष्ट्रभक्ती र क्रान्तिकारी शक्तिमाथी प्रचारबाजी मिडिया कु गरेर जनता बाट अलगअलग बनाउन चहान्छन यतिबेला घोसित संविधान नेपाली मुलुका युरोपेली नागरिकको बौद्धिक्ता र सक्रियतामा लेखिएको हो जसको नाम लिन जरुरी ठानियको छैन प्राय नेपाली समुदायमा थाहा छ। पश्चिम् साम्राज्यवादका एउटा प्रतिनिधि पात्रको रूपमा प्रचण्ड बनेर आएकोले उनिलाइ सत्ता र शक्तिशाली बनाउन अमेरिकी साम्राज्यवादले एमाले र माके बिचमा बामपंथी एकता र पार्टी एकता गरायर आफ्नो केन्द्रित उपस्थिति देखाउन अमेरिकी साम्राज्यवाद अन्तिम विकल्पमा छ। बर्तमन संविधान देखि नत चीन नत भारत खुशी देखदैनन किनकी चिन र भारत दुबैलाइ रिइन्टृगेसन गराउन नेपालको संविधान र संघियताले राम्रोसँग भुमिका आफ्नो पक्छ्यमा खेल्ने पश्चिमी मुलुकहरू बिश्वस्त छन प्रचण्डलाई वर्गसंघर्षलाई ब्यापार गराएर जातीय तथा छेतृय दोन्दको रातो कार्ड थमाउन पश्चिम् साम्राज्य सफल भएको छ। जस्लाइ माध्यम बनायर केपिको हातमा पनित्यो पुगेको छ। माक्र्सवाद पुरानो भयो भनेर जसरी सामन्त तथा साम्राज्यवादले बोल्दै आयको छ त्यसरी नै केपि सर्मा ओलिले बोल्नुले केपी ओलि केन्दृकृत साम्राज्यवादका बिकेन्दिकृत सामन्तबादका कच्चापदार्थ हुन कम्युनिस्ट राजनीतिक संघर्सबाट निक्लेका कचडा टुक्रा सामन्ती चिन्तन बर्तमन बामपंथी सत्तालाई लिन सकिन्छ जस्ले कम्युनिस्ट खोल ओडेर समाजबादको सपनाहरू फुकेर जनताको सपनाहरू भंग गराउने चाल खेलेको सत्य हो ।वर्गसंघर्ष लाई बर्गसमुनय सर्बहाराबर्गको नेर्तित्वको ठाउमा रास्टिय राजनीति दलको नागरिक र ससस्त्र संघर्सको ठाउमा सान्तिपुर्ण सह:अस्तित्व स्थापित गराएर संसारबाट कम्युनिस्ट ब्यबस्थालाइ निरुत्साहित पारेर एक धुर्बिय सामन्ती साम्राज्य कायम राख्न नेपाली कम्युनिस्ट आन्दोलनका वर्गसंघर्षबाट निखारित कचडहरु केपि र प्रचण्डलाई आर्थिक तथा राजनीति ढालको रूपमा प्रयोग गरेको छ यो कुरासँग नेपाली जनसमुदाय दिगभर्मित हुनुहुन्न जसको निर्बाध एकीकृत जनक्रान्ती जरुरी छ।
साम्राज्यबादी आर्थिक प्रणाली र उत्पीडित राष्ट्र :
केन्दृकृत साम्राज्यवादले उत्पीडित र बिकासोन्मुख देशहरूलाई यथास्थान राख्न र आफ्नो स्वार्थ सिद्धगर्न केन्द्रित हस्तक्षेप र बिकेन्दिकृत उत्पादन गराउछ जस्को उधारण एउटा जेनेरेटर को द्शवटा पाठपुर्जा दशवटा देशहरुमा निर्माण र बितरण गराउदछ र बिकासोन्मुख राज्यको आर्थिक वृद्धि बिकासमा हरास र नैरास्यता पैदा गराउछ। जस्को प्रभावमा नेपाल पनि अछुतो छैन बर्तमन साम्राज्यवादको आर्थिक नीति र टुक्रे पुजीवादी बितरन प्रणालीलाई निरुत्साहित नपारी उत्पीडित राष्ट्रले बिकास र समृद्धि गर्नसक्ने अवस्था छैन त्यस्को विकल्पमा एकीकृत जनक्रान्तिको माध्यम बाट केन्द्रित साम्राज्यवाद र बिकेन्दिर्कृत दलाल पुजीवादी बर्ग चरीत्र बदलिदैन मजदुरहरुले बिद्रोह गर्छन भन्ने हेतुले उत्पदन मनोवृत्ति बाट बिकेन्दृत उत्पादन र केन्द्रित बितरण साम्राज्यवाद तथा दलाल पुजीवादी बैचारिक मनोबिज्ञान हो त्यस्कोलागी पनि एकीकृत जनक्रान्तिको माध्यमबाट साम्राज्यवाद तथा राष्ट्रिय दलाल पुजिबादको अन्त्यगरेर बैज्ञानिक समाजबादम पुग्ने विकल्प एकीकृत जनक्रान्ती हो। यस्लाइ जनता बाट अलगथलग बनाउन साम्राज्य तथा बिकेन्दृत पुजीवादी हरु मिडिया प्रचार गरेर असफल पार्न चहान्छन।
मालेमावाद र एकीकृत जनक्रान्तिको बैज्ञानिक्ता :
हरेक समयमा प्रत्येक बिज्ञान र बिचार बस्तु बिकाश सगै उदय भएरै आउँछ चार्ल्स डार्बिनको बिज्ञानको बिकास सगै समाजमा उतपन्न समस्याको समाधानको रूपमा माक्र्सवादको उदय भएको हो जतिबेला दोन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद त्यस्तै अल्बर्ट आइन्सटाइनको पालाको बिज्ञानको बिकास र साम्राज्यवादको सन्निकट समाजमा लेनिनवाद बिकास भएरै आएको हो त्यस्तै गरि बर्तमन विकसित साम्राज्यवाद र त्यसको बिकेन्दृकृत उत्पादन केन्द्रिकृत बितरनको यो अबस्थामा स्टेफन हकिङको विकसित बैज्ञानिक बिकास र यहीँबाट उत्पादित र प्रेरित एकीकृत जन क्रान्ति हो एकीकृत जन क्रान्तिका नियम ब्यालेट , बुलेट ब्याटल हुनेमा दुइमत छैन जस्ले अप्रजातान्त्रिक समसदिय राज्य ब्यबस्थाको बर्खास्ती सगै बैज्ञानिक समाजबादमा पुग्न सजिलो र सहज मार्ग तयार पारेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु